काठमाडौं । एसेसरीज ब्रान्ड अल्टिमा लाइफस्टाइलले दसैँको अवसरमा बिहीबारदेखि दसैँ मेला सञ्चालनमा ल्याएको छ। असोज २२ गतेसम्म चल्ने दसैँ मेला ग्राहकलाई छुट र उपहार दिन सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
जहाँ १० करोडभन्दा बढीको छुट, ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन सार्वजनिक गरिएको छ। मेलामा ‘डिल अफ द डे,’ ‘बाई १ गेट १,’ र ‘१ रुपैयाँ गेम’ जस्ता आकर्षक डिल रहको कम्पनीको भनाइ छ।यस वर्षको मेलामा साउन्डबार, स्पिकर, टिकाउ स्मार्टवाच, प्रभावशाली पावरबैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक भएका छन्।
मेलामा अल्टिमाले पाँच नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ।
प्रिमियम होम थिएटर अनुभव प्रदान गर्न डिजाइन गरिएका अल्टिमा वैभबार १२० र अल्टिमा वैभबार २२०, स्पिकरमा १२० र २००वाट को दुई भेरियन्टमा उपलब्ध छन्। जसमा बूस्टर, ब्लुटुथ कनेक्टिभिटी पनि रहेको छ।दोस्रो उत्पादनमा अल्टिमा वाच एक्टिभ रहेको छ। एड्भेन्चर खोज्ने ग्राहरुका लागि डिजाइन गरिएको टिकाउ यो स्मार्टवाच सकप्रुफ र आइपी प्रमाणपत्रको साथ लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको छ।
यसको टिकाउपनसँगै, यो स्मार्टवाचमा भिभिड अमोल्ट डिस्प्ले, अल्टिमा एपसहित ७ दिनको ब्याट्री लाइफ र अन्य सुविधाहरू रहेका छन्।अल्टिमाको तेस्रो सार्वजनिक हुने उत्पादनमा स्पिकर जोडी साउन्डबक्स एस२० र एस ५० रहेका छन्। जुन मार्वल भर्सनको संस्करण हो। यिनीहरुले २०वाट र ५०वाट ध्वनि प्रदान गर्नेछन्।
अल्टिमाले तीन संस्करणहरूमा चार नयाँ पावरबैंकहरू समावेश गरेको छ। जसमा मिनि, प्रो र अल्ट्रा रहेका छन्। मिमिा म्यागेसेफ वायरलेस चार्जिङ, २२.५वाट पावर आउटपुट र १० हजार एमएएच्को ब्याट्री रहेको छ।प्रोले २२.५वाट पावर आउटपुट प्रदान गर्दछ साथै २० हजार एमएएच् र ३० हजार एमएएच् क्षमता भएका दुई भिन्न ब्याट्रीहरुमा उपलब्ध छ। बुस्ट अल्ट्रामा ६५वाट सम्म चार्जिङ र २०हजार क्षमता ब्याट्रीमा उपलब्ध छ।
यस्तै यो मेलामा अल्टिमाले सात भन्दा बढी अफरहरु ल्याएको छ।
रु. १ को चमत्कार: अल्टिमाले आफ्ना ग्राहकहरूलाई दशैं मेलामा अल्टिमाका उत्पादनहरू १ रुपैयाँ मा किन्ने मौका दिइरहेको छ। जसका शर्तहरु ५ जना भाग्यशाली खरिदकर्ताले मात्र अल्टिमा डटकम डट एनपीबाट १ रुपैयाँ मा उत्पादन खरिद गर्न पाउनेछन्। यो अफर सीमित अवधिको लागि हुनेछ र मेला अवधिभर हरेक दिन सोसल मिडिया पेजमा घोषणा गरिनेछ ।
बाई १ गेट १ फ्री: यो अफर अल्टिमा एटोम १९२ मा लागू हुनेछ। ग्राहकले रु. २,७९९ मा २ एटोम १९२ खरिद गर्न पाउनेछन् ।
दैनिक पैसा असुल डिल: यस वर्ष अल्टिमाले ग्राहकलाई ८० प्रतिशत भन्दा बढी छुट दिने भएको छ।
मलामाल कम्बोहरू: ग्राहकहरूले रु ३५ हजार ९९९ पर्ने वैभबार, वाच एक्टिभ, प्राइम १।० र बुस्ट २० हजार प्रो १९ हजार ९९९ मा खरिद गर्न सक्नेछन्।
कम्पनीले साउन्डबार किन्दा इयरबड्स सित्तैमा पाउने अफर पनि ल्याएको छ। त्यतीमात्र नभइ घडी किन्दा इयरबड्स सित्तैमा अफर पनि रहेको छ।अल्टिमाले प्रत्येक दिन जुनसुकै समयमा आफ्नो सोसल मिडिया पेजहरूमा अफर घोषणा गर्नेछ, र घोषणा भएको पाँच मिनेटभित्र अफर पेज लाइभ हुनेछ। अभियान समाप्त भएपछि, एकजना भाग्यशाली खरीदकर्ताले उपहार जित्न सक्नेछन । यस वर्ष अल्टिमा होम रेनोभेसन थिमअन्तर्गत वैभबार, टिभी, फ्रिज, र अन्य दर्जनौं उत्कृष्ट घरायसी सामान समावेश छन्।




.gif)





