images

२०८३ आश्विन २२ गते

images
images
images

जापनिज इन्सेफ्लाइटिस संक्रमणबाट महिलाको मृत्यु

जापनिज इन्सेफ्लाइटिस संक्रमणबाट महिलाको मृत्यु

images
images
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • काठमाडौं ।  जापनिज इन्सेफ्लाइटिस संक्रमणबाट जिल्लाको गोरखा नगरपालिका–१२ दशकिलोकी ३४ वर्षीया राधिका कुमालको मृत्यु भएको छ । भदौ २५ गते जापनिज इन्सेफ्लाइटिस रोग लोगेका उहाँको १५ दिनपछि मृत्यु भएको हो ।

    images
    images

    गत भदौ २५ गते जिल्ला अस्पताल गोरखामा उपचारपछि फेरि थप उपचारका लागि उहाँलाई चितवनको पुरानो मेडिकल कलेजमा लगिएको थियो । उपचारको क्रममा बिहिबार बिहान ८ बजे अस्पतालले मृतक घोषण गरेको मृतक राधिका कुमालका पति सरोज कुमालले बताउनुभयो । जापनिज इन्सेफ्लाइटिस क्युलेक्स प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फुल पार्ने समय भएकाले यो रोगको सक्रमणको उच्च जोखिम रहेको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माको भनाइ छ । 

    लामखुट्टेले सुङ्गुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्छन् अनि संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि जापनिज इन्सेफ्लाइटिस रोग लाग्ने गर्छ । यो रोग मान्छेबाट मान्छेमा भने सर्दैन । जापनिज इन्सेफ्लाइटिस रोग लामखुट्टेले टोकेको ६ देखि १६ दिनसम्म रोगको लक्षण देखा पर्ने स्वास्थ्य कार्यालय गोरखाका प्रमुख शर्माले बताउनुभयो ।यो रोग लागेपछि बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटी कडा हुने, पक्षघात हुने यस रोगका लक्षण भएको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख शर्माले जानकारी दिनुभयो । उक्त रोगबाट बच्न झुल टाँगेर सुत्न, सुँगुर हाँस र कुखरालाई घरभन्दा टाढा पाल्न, खेतबारीमा काम गर्दा लामो कपडा लगाउन र घर वरीपरीको रहेका खाल्डा खुल्टी हुन नदिने यसरोगबाट बच्ने प्रमुख उपाय भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend