images

२०८३ आश्विन २५ गते

images
images
images

आयात निर्यात सँगै व्यापार घाटा पनि घट्यो

आयात निर्यात सँगै व्यापार घाटा पनि घट्यो

images
images
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
  • आयात निर्यात घटेसँगै आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा कुल वस्तु व्यापार घाटा १ दशमलव ७ प्रतिशतले घटेर १३१४ अर्ब ४४ करोड रुपियाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलव २ प्रतिशतले घटेको थियो ।

    images
    images

    नेपाल राष्ट्रबैंकका अनुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९ दशमलव ६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९ दशमलव ७ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३७ अर्ब १३ करोडबराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३८ अर्ब ४७ करोडबराबरको भएको थियो।

    उक्त अवधिमा कुल वस्तु निर्यात ३ प्रतिशतले घटेर १३९ अर्ब २६ करोड रुपियाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २२ दशमलव ७ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ४ दशमलव ५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ।

    images
    images

    त्यसैगरी, अन्य मुलुकतर्फको निर्यातमा १ दशमलव ७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिनालगायत वस्तुको निर्यात बढेको छ । त्यस्तै, पाम तेल, सोयाविन तेल, ऊनी गलैँचा, ब्रान्स, चियालगायत वस्तुको निर्यात घटेको छ ।

    आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा कुल वस्तु आयात १ दशमलव ८ प्रतिशतले घटेर १४५३ अर्ब ७० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकमध्ये भारतबाट भएको आयात ३ दशमलव १ प्रतिशतले घटेकोमा चीनबाट भएको आयात ३४ दशमलव ८ प्रतिशतले बढेको छ र अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले घटेको छ।

    अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५ प्रतिशत, ०.६ प्रतिशत र ४४.३ प्रतिशत रहेको थियो।

    समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४८.७ प्रतिशत, पुँजीगत वस्तुको ९.४ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अनुपात क्रमशः ५३.४ प्रतिशत, ८.४ प्रतिशत र ३८.२ प्रतिशत रहेका थिए।

    विदेशी विनिमय सञ्चितिमा ४ खर्ब बढ्यो

    विदेशी विनिमय सञ्चिति २७ दशमलव ८ प्रतिशतले वृद्धि भई १९ खर्ब ६७ अर्ब १९ करोड रुपियाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २५ दशमलव ७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ। गतअसार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर विदेशी विनिमय सञ्चिति रहेको थियो ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्रबैंकमा रहेको सञ्चिति ३० दशमलव २ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्रबैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १० दशमलव ८५ प्रतिशतले वृद्घि भई २ खर्ब १४ अर्ब ४२ करोड कायम भएको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ३ प्रतिशत रहेको छ।

    आर्थिक वर्ष २०८०/८१ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ दशमलव १ महिनाको वस्तु आयात र १२ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

    विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३४ दशमलव ५ प्रतिशत, १०५ दशमलव २ प्रतिशत र २९ दशमलव २ प्रतिशत रहेका छन्।

     

     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend