images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • काठमाडौँ महानगरपालिकाले डेंगु रोकथाम र...

काठमाडौँ महानगरपालिकाले डेंगु रोकथाम र नियन्त्रणको कार्यक्रम थप सक्रिय बनाउँदै

काठमाडौँ महानगरपालिकाले डेंगु रोकथाम र नियन्त्रणको कार्यक्रम थप सक्रिय बनाउँदै

images
images
बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • काठमाडौँ । काठमाडौँ महानगरपालिका डेंगु नियन्त्रणका कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ । बुधवार बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । 

    images
    images

    बर्षायाममा साउन, भाद्र, असोज र कात्तिक महिनासम्म यस रोगको सङ्क्रमण दर तीव्र हुने गरेको विगत अभ्यासले देखाउँछ । यस अवधिमा महानगरले डेंगु रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । अस्पताल जानुपरे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिन्छ । 

    डेंगु रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराइएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend