images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • ‘बेहुली फ्रम मेघौली’: आफू बेहुली हुँदाको...

‘बेहुली फ्रम मेघौली’: आफू बेहुली हुँदाको अनुभव कथा लेख्नेले आकर्षक पुरस्कार पाउने

‘बेहुली फ्रम मेघौली’: आफू बेहुली हुँदाको अनुभव कथा लेख्नेले आकर्षक पुरस्कार पाउने

images
images
बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • काठमाडौं । वडा दशैंको अवसरमार असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र बेहुली फ्रम मेघौलीको निर्माणपक्षले आकर्षक पुरस्कारसहितको योजना ल्याएको छ । चलचित्रकी नायिका तथा निर्माता स्वस्तिमा खड्काले यसबारेमा जानकारी गराएकी छन् ।

    images
    images

    “तपाईंहरूले आफू बेहुली हुँदाको कथा लेखेर हामीलाई पठाएर आकर्षक पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ,” ‘बेहुली फ्रम मेघौली’की नायिका तथा निर्मात्रा स्वस्तिमा खड्काले भनेकी छन् ।

    आफू बेहुली हुँदाको अनुभव तीन सय शब्दमा लेखेर निर्माणपक्षलाई पठाउनुपर्नेछ । कथा÷अनुभव असोज १० गतेदेखि पठाउन सकिने स्वस्तिमाले बताएकी छन् ।“उत्कृष्ट अनुभवसहितको कथा लेख्ने लेखकलाई हाम्रो चलचित्र बेहुली फ्रम मेघौलीको प्रिमियरमा निमन्त्रणा गरिनेछ । साथै चलचित्रको दुईवटा टिकट पनि प्रदान गरिनेछ,” उनले भनेकी छन्, “यो सुनौलो अवसरको फाइदा उठाइहाल्नुहोस् ।”

    images
    images

    ‘बेहुली फ्रम मेघौली’ असोज १७ गते रिलिज हुँदै छ । चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

    सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निश्चलले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend