images

२०८३ आश्विन १८ गते

images
images
images

पर्वतारोहण र पर्यटनले नेपाल–क्यानडा सम्बन्धलाई थप सुदृढ बनाएको छ’

पर्वतारोहण र पर्यटनले नेपाल–क्यानडा सम्बन्धलाई थप सुदृढ बनाएको छ’

images
images
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • काठमाडौँ, ४ माघ । सरोकार भएकाहरूले पर्वतारोहण र पर्यटनले नेपाल–क्यानडा सम्बन्धलाई अझ सुदृढ बनाएको धारणा व्यक्त गर्नुभएको छ ।

    images
    images

    नेपाल र क्यानाडाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१औँ वर्षगाँठका अवसरमा नेपाल–क्यानाडा मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा आज यहाँ भएको ‘नेपाल क्यानडा सम्बन्ध विस्तारमा पर्वतारोहण पर्यटन’ विषयक अन्तरक्रियामा सरोकार भएकाहरूले दुई देशको सम्बन्ध विस्तारमा पर्यटन क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । नेपाल र क्यानडाबीच १८ जनवरी १९६५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो । 


    कार्यक्रममा एक कार्यपत्र प्रस्तुत गर्दै सङ्घका पर्यटनविज्ञ आङछिरिङ शेर्पाले क्यानाडाले नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, पूर्वाधार, जलविद्युत् र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको बताएका छन् ।  उनले भने, “क्यानडेली पर्वतारोही र पर्यटकहरूको निरन्तर आगमनले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको छ । साथै, क्यानडाको सर एडमन्ड हिलारी फाउन्डेसनले खुम्बु र हिमाली क्षेत्रमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र समुदाय विकासमा उल्लेखनीय योगदान दिएको छ ।”

    images
    images

    पर्यटनविज्ञ शेर्पाले हिमालय नेपालका लागि केवल भौगोलिक संरचना मात्र नभई सभ्यता, संस्कृति र भविष्यको आधार भए पनि आज जलवायु परिवर्तनका कारण तीव्र रुपमा हिमनदी पग्लिने, हिमताल फुट्ने जोखिम बढ्नु चिन्ताजनक रहेको धारणा राखे । “हिमालयको संरक्षण गर्नु भनेको मानव सभ्यताको भविष्य सुरक्षित गर्नु हो । क्यानडाजस्ता मित्रराष्ट्रसँगको सहकार्यमार्फत दिगो विकास, जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरण सम्भव छ”, उनले भने।

    यसैगरी सङ्घका संरक्षक, पूर्वराजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले पर्वतारोहण पर्यटनमा क्यानडाको चासो रहँदै आएको बताउँदै हिमताल जोगाउने विषयमा नेपालको मात्र नभई विश्वकै चिन्ता रहेको बताएका छन् ।  उनले आगामी दिनमा हिमाल जोगाउने विषयमा थप सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । 

    कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद प्रतिष्ठानका पूर्वकुलपति उप्रेतीले नेपाल र क्यानाडाले विश्वस्तरका सामाजिक र मानवीय मुद्दामा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा सङ्घका अध्यक्ष निरोज मास्के, उपाध्यक्ष प्रा डा गोपाल पोखरेल, सङ्घका पूर्वअध्यक्ष इन्जिनियर केशव कुँवर, सदस्य देवेश ढुङ्गाना, सगरमाथा आरोही शेर्पाले आफ्नो धारणा राखेका थिए ।

    त्यस अवसरमा सगरमाथा आरोही लाक्पा दोर्जी शेर्पा र नेपालकी कीर्तिमानी अल्ट्राधावक मिरा राईलाई विशेष सम्मान गरिएको थियो । 

    कार्यक्रममा सङ्घका संरक्षक तथा परराष्ट्रविद एवम् क्यानाडाका लागि नेपालका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, पूर्वराजदूत कालीप्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend