images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्रीले मन्त्री र आयोग पदाधिकारीसँग छलफल...

प्रधानमन्त्रीले मन्त्री र आयोग पदाधिकारीसँग छलफल गर्ने

प्रधानमन्त्रीले मन्त्री र आयोग पदाधिकारीसँग छलफल गर्ने

images
images
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसहित निर्वाचन आयोगका अधिकारीहरूसँग छलफल गर्ने भएकी छन् । आइतबार दिउँसो चार बजे बालुवाटारमा मन्त्रीसहित आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए । ‘निर्वाचन आचारसंहिता लागु हुने समय भयो । आचारसंहिता लागु भएपछि सरकारले के के गर्नुहुन्छ र के के गर्नुहुँदैन भनेर आयोगका पदाधिकारीले ब्रिफिङ गर्ने कार्यक्रम छ’, रावलले भने, ‘त्यसबाहेक अरू केही विषय होइन ।’

    images
    images

    निर्वाचन आयोगले यही माघको पहिलो साताबाट निर्वाचन आचारसंहिता कार्यान्वयनमा आउने बताएको छ । नेपाली कांग्रेसको आन्तरिक विवादपछि कांग्रेसको शेरबहादुर समूहले आइतबार नै सर्वोच्चमा रिट निवेदन दिएको छ भने निर्वाचन आयोगमा माघ ६ गतेको मनोनयन स्थगन गर्न माग गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend