images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल बैंकका कर्मचारी तथा ग्राहकले ब्ल्याक...

नेपाल बैंकका कर्मचारी तथा ग्राहकले ब्ल्याक हर्स इण्डष्ट्रिजमा २० प्रतिशतसम्म छुट पाउने

नेपाल बैंकका कर्मचारी तथा ग्राहकले ब्ल्याक हर्स इण्डष्ट्रिजमा २० प्रतिशतसम्म छुट पाउने

images
images
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • काठमाडौं- नेपाल बैंक लिमिटेड र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिबीच सहकार्यसम्बन्धी सम्झौता भएको छ । म्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीहरूले ‘ब्ल्याक हर्स’ ब्राण्डका जुत्ता खरिद गर्दा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    images
    images

    काठमाडौंको नागार्जुनमा अवस्थित जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिजले उत्पादन तथा बिक्री गर्दै आएको विभिन्न किसिमका जुत्तामा उक्त सुविधा लागू हुनेछ । सम्झौतापत्रमा पुस ३० गते नेपाल बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिजका तर्फबाट प्रबन्ध निर्देशक चिन बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।यस सम्झौतासँगै नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरूले देशभर रहेका ब्ल्याक हर्सका आधिकारिक विक्रेतामार्फत सुपथ मूल्यमा जुत्ता खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend