images

२०८३ आश्विन २० गते

images
images
images

नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित

नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित

images
images
शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • काठमाडौँ । नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित भएको छ । सङ्घले आज एक विज्ञप्ति जारी गरी पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई समेत मध्यनजर गर्दै पूर्वनिधारित तालिकाअनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको हो ।प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले यस सम्बन्धमा निर्वाचन समितिबाट यथाशीघ्र अर्को सूचना जारी गरी निर्वाचन कार्यक्रमसम्बन्धी नयाँ तालिका सार्वजनिक गरिने बताए ।

    images
    images

    सङ्घको निर्वाचन काठमाडौँ उपत्यका बाहिर माघ २ र ३ गते हुने भनिएको थियो भने काठमाडौंँ उपत्यकाभित्र माघ १५, १६ र १७ मा हुने गरी निधारित गरिएको थियो । केही समयअघि डा अजयकुमार मिश्रले दायर गरेको रिटमा पाटन उच्च अदालतले यथास्थितिमा निर्वाचन नगर्न अन्तिम आदेश जारी गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend