images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • 'परान' प्रदर्शनको ७५औं दिन पुगेको अवसरमा...

'परान' प्रदर्शनको ७५औं दिन पुगेको अवसरमा टिकटमा छुट

'परान' प्रदर्शनको ७५औं दिन पुगेको अवसरमा टिकटमा छुट

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • फिल्म 'परान'ले प्रदर्शनको ७५ औं दिन पूरा गरेको अवसरमा निर्माण टिमले केही दिनका लागि टिकटमा ७५ रुपैंया छुटको व्यवस्था गरेको छ।'परान फिल्म हेर्न छुटाएका आदरणीय दर्शकहरूलाई ७५ औं दिनको सेलिब्रेशनसँगै यो छुटको व्यवस्था गरेका हौं।' चलचित्रका निर्माता रन्जित आचार्यले भने, 'परान हेर्न बाँकी दर्शकहरूलाई हेर्न आग्रह गर्दछु।'यो छुटको व्यवस्था केही दिनका लागि गरिएको हो।

    images
    images

    निर्माता आर्चायका अनुसार यो छुट खल्ती एपबाट टिकट काट्नेहरूका लागि मात्र व्यवस्था गरिएको हो। खल्ती एपबाट टिकट काट्दा ७५ रुपैंया क्यासब्याक पाउन सकिनेछ।मंगलबार 'परान' को काठमाडौंमा मात्रै पनि पाँच शो रहेको थियो। खल्ती एपमा बुधबारका लागि पनि ६ शो उपलब्ध छन्।'परान' ले पछिल्लो शनिबार (७२ औं दिन)सम्म आइपुग्दा १७ करोड ७४ लाख २२ हजार १९० रुपैंया कलेक्सन गरेको चलचित्र विकाश बोर्डले तथ्यांक सार्वजनिक गरिसकेको छ।‘परान’ फिल्मलाई दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। आचार्यकै कथा रहेको यस फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन्।देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रालि’ ले फिल्म निर्माण गरेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend