images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • आज डेढ दर्जन बढी कम्पनीको साधारणसभा,...

आज डेढ दर्जन बढी कम्पनीको साधारणसभा, क–कसले दिँदैछन् लाभांश ?

आज डेढ दर्जन बढी कम्पनीको साधारणसभा, क–कसले दिँदैछन् लाभांश ?

images
images
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • काठमाडौं । आज एकै दिन झण्डै डेढ दर्जनभन्दा बढी सूचीकृत कम्पनीहरूले आफ्नो वार्षिक साधारणसभा (एजीएम) आयोजना गर्दैछन् । बैंकिङ, बीमा, हाइड्रोपावर, फाइनान्स र लघुवि क्षेत्रका कम्पनीहरूको साधारणसभा आज काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बस्न लागेको हो।आज साधारणसभा गर्ने कम्पनीहरूमा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल, नेपाल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, बलेफी हाइड्रोपावर, आयु मुलुङ हाइड्रोपावर, न्यादी हाइड्रोपावर, कुथेली बुखारी साना जलविद्युत, सान्भी इनर्जी, दोर्दी खोला जलविद्युत, मन्दाकिनी हाइड्रोपावर, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, राष्ट्रिय कृषि कम्पनी नेपाल, सान्जेन जलविद्युत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, बंगल हाइड्रो, नेपाल फाइनान्स,यीमध्ये केही कम्पनीहरूले लाभांश प्रस्तावसहित साधारणसभा बोलाएका छन्। नेपाल इन्स्योरेन्स कम्पनीले ३.१५८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने शिखर इन्स्योरेन्सले ३.१५८५ प्रतिशत नगद लाभांश र बोनस सेयर वितरण गर्ने एजेन्डा राखेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

    images
    images

    कुथेली बुखारी साना जलविद्युतले ०.५२३६ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ भने ग्लोबल आइएमई लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश दिने एजेन्डा प्रस्तुत गर्दैछ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। जीवन विकास लघुवित्तले ७.३६८ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस सेयर दिने एजेन्डा राखेको छ।अन्य कम्पनीहरूको साधारणसभामा वित्तीय विवरण पारित, लेखापरीक्षक नियुक्ति, सञ्चालक नियुक्ति वा निर्वाचन, अधिकृत तथा चुक्ता पूँजी वृद्धि, हकप्रद तथा आईपीओ निष्काशन, मर्जर/अधिग्रहणसम्बन्धी प्रस्ताव, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनलगायत विविध एजेन्डा समावेश छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend