images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ कात्तिक...

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ कात्तिक २२ गते देखि रिलिज हुने

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ कात्तिक २२ गते देखि रिलिज हुने

images
images
सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • काठमाडौं ।  हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ कात्तिक २२ गते छठ पर्वमा रिलिज हुने भएको छ । यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ निर्माण गरेको बिन्ध्यबासिनी क्रिएसनको यो पछिल्लो कथानक फिल्म हो ।

    images
    images

    निर्माता मनोज अधिकारीले पोस्टर सार्वजनिक गर्दै प्रदर्शनबारे जानकारी दिएका छन् । फिल्मलाई नवीन भट्टले निर्देशन गरेका हुन् । सन्दीप श्रेष्ठसँग मिलेर उनले पटकथा लेखेका छन् ।पोस्टरमा चारजना पात्रलाई फिचर्ड गरिएको छ । स्कुटर चढेकी युवतीलाई तीन युवाले तानातान गरेको दृश्य पोस्टरमा चित्रण छ । ‘आज साइकल, भोलि फरारी’ स्लोगन पोस्टरमा देखिएको छ ।

    फिल्ममा मनोज अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुको अभिनय छ । जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend