images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • माछापुच्छ्रे बैंकले २४औँ वार्षिकोत्सवको अवसरमा ...

माछापुच्छ्रे बैंकले २४औँ वार्षिकोत्सवको अवसरमा ल्यायो अफरै अफर

माछापुच्छ्रे बैंकले २४औँ वार्षिकोत्सवको अवसरमा ल्यायो अफरै अफर

images
images
सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २४औँ वार्षिकोत्सव तथा आउँदै गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरुमा अफरै अफरहरु संचालनमा ल्याएको छ ।
     
    बैंक असोज १७ गतेबाट २४औँ वर्ष पार गरी २५औँ वर्षमा प्रवेश गर्दैछ । बैंकले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरुमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरु ल्याएको छ । जसको फाईदा ग्राहकहरुले बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु जस्तैः मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड मार्फत लिन सक्नेछन् ।
     
    बैंकले असोज १ देखि ३० गते सम्मको अवधीमा यस बैंकको मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहक महानुभावहरुलाई विशेष छुटको योजना ल्याएको जनाएको छ । जस अन्र्तगत बैंकको डेबिट कार्ड लिने ग्राहकहरुले कार्ड लिदाँ पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट पाउनेछन् ।
     
    यस्तै बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधीको लागि एकमुष्ट रु.२,४०० मात्रमा प्रदान गर्नेछ भने मोबाइल बैंकिङ्ग सेवाको सदस्यता शुल्कमा वार्षिक  ५०५ सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४५ सम्मको छुट प्रदान गर्नेछ ।
     
    यसै क्रममा बैंकको २४औँ वार्षिकोत्सव लक्षित यस योजना अन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधीमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विभिन्न मर्चेन्टहरुबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४५ वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्ड मार्फत बिल भुक्तानी गर्दा २४५ वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
     
    यसका साथै बैंकले असोज १ देखि १८ गते सम्मको लागि डिजिटल कारोवारको प्रोत्सहान र प्रर्वधनको लागि बैंकको आधिकारीक फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत ग्राहकहरुका  लागि क्विज कार्यक्रम सञ्चालन गर्ने छ । जसअनुसार सही उत्तर दिने सहभागीहरु मध्ये भाग्यशाली विजेताले आर्कषक उपहार पाउन सकनेछन् ।  
     
     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend