काठमाडौं । आज सात वटा कम्पनीले प्रस्तावित लाभांश पारित गर्ने उद्देश्यले वार्षिक साधारणसभा आयोजना गर्दैछन्। नबिल बैंक, डिप्रोक्स लघुवित्त, कालिका पावर, सिनर्जी पावर डेभलपमेन्ट, हिमालयन लघुवित्त, बुटवल पावर र इमर्जिङ नेपाल लिमिटेडको साधारणसभा आज बस्न लागेको हो।
नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा आज बिहान ११ः१५ बजेदेखि काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना हुँदैछ। सभाले बैंकले प्रस्ताव गरेको १२.५ प्रतिशत नगद लाभांश पारित गर्नेछ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश पारित गर्न २४ औँ वार्षिक साधारणसभा आज बिहान १० बजेदेखि चितवनको सौराहास्थित होटल सेभेन स्टारमा सुरु हुँदैछ।
कालिका पावर कम्पनी लिमिटेडको १८औँ वार्षिक साधारणसभा आज बिहान ११ बजेदेखि चितवनको भरतपुरस्थित दियाले फूडल्याण्डमा आयोजना हुँदैछ। सभाले कम्पनीले प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र ०.३६ प्रतिशत नगद लाभांश पारित गर्नेछ।
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश पारित गर्न १९औँ वार्षिक साधारणसभा आज बिहान ११ बजेदेखि काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बस्दैछ।बु
टवल पावर कम्पनी लिमिटेडले प्रस्ताव गरेको ६ प्रतिशत नगद लाभांश पारित गर्न ३३औँ वार्षिक साधारणसभा आज दिउँसो २ बजेदेखि काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्दैछ।
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश पारित गर्न १४औँ वार्षिक साधारणसभा आज बिहान ११ बजेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा आयोजना हुँदैछ।
त्यसैगरी, इमर्जिङ नेपाल लिमिटेडले प्रस्ताव गरेको ५.२६ प्रतिशत नगद लाभांश पारित गर्न १०औँ वार्षिक साधारणसभा आज बिहान ९ः३० बजेदेखि काठमाडौंको नयाँबानेश्वरस्थित काठमाडौं ब्याङ्क्वेट प्रा.लि.मा आयोजना गरिएको छ।
आज साधारणसभा बस्ने ७ कम्पनी र प्रस्तावित लाभांश
| कम्पनी | स्थान | बोनस | नगद | ||
|---|---|---|---|---|---|
| डिप्रोक्स लघुवित्त वित्तीय संस्था | होटल सेभेन स्टार, सौराहा (चितवन) | १०% | ५ % | ||
| नबिल बैंक | त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली | – | १२.५% | ||
| सिनर्जी पावर डेभलपमेन्ट | आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी | १०% | ०.५२% | ||
| कालिका पावर कम्पनी | दियाले फूडल्याण्ड, भरतपुर (चितवन) | ७% | ०.३६% | ||
| हिमालयन लघुवित्त वित्तीय संस्था | बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर | ६.६५% | ०.३५% | ||
| बुटवल पावर कम्पनी | कार्की ब्याङ्क्वेट, बबरमहल | – | ६% | ||
| इमर्जिङ नेपाल | काठमाडौं ब्याङ्क्वेट, नयाँबानेश्वर | – | ५.२६% |




.gif)





