images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • रास्वपाको समानुपातिकबाट नाम फिर्ता लिनेहरूमा विपिनसहित...

रास्वपाको समानुपातिकबाट नाम फिर्ता लिनेहरूमा विपिनसहित १६ जना पुगे

रास्वपाको समानुपातिकबाट नाम फिर्ता लिनेहरूमा विपिनसहित १६ जना पुगे

images
images
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन् ।आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको  बताए । यद्यपि आयोगबाट औपचारिक रूपमा नाम फिर्ता लिनका लागि पुस २८ गतेको मिति निर्वाचन आयोगले तोकेको छ । उक्त दिन निवेदन दिएपछि मात्र औपचारिक रूपमा नाम फिर्ता हुन्छ । 

    images
    images

    ‘मैले समानुपातिकबाट नाम फिर्ता लिएँ, अब म प्रत्यक्ष चुनाव लड्छु’, आचार्यले रातोपाटीसँग भने । रास्वपाले समानुपातिक सूची बुझाउँदा आचार्यलाई खस आर्यतर्फको पहिलो नम्बरमा सिफारिस गरेको थियो । आचार्यसँगै रास्वपाबाट समानुपातिकबाट नाम फिर्ता लिएको घोषणा गर्नेहरूको सङ्ख्या १६ जना पुगेको छ ।यसअघि सचिन ढकाल,डा.अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक, रामजी राम, सुदेश गुरुङ र महेन्द्र लावतीले पनि समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend