images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति...

मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति उल्लेख्य रूपमा घट्यो

मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति उल्लेख्य रूपमा घट्यो

images
images
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति उल्लेख्य रूपमा घटेर १.६३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो ।नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुस विशेषगरी खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि २.०५ प्रतिशतले ऋणात्मक देखिएको छ ।अघिल्लो वर्ष यसै अवधिमा खाद्य समूहको मुद्रास्फीति ९.९९ प्रतिशत पुगेको थियो । यद्यपि गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.७५ प्रतिशत रहेको छ ।चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको औसत मुद्रास्फीति १.५५ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.८९ प्रतिशत थियो ।

    images
    images

    रकारी र मसला सस्तिए, शिक्षा र कपडामा चर्को मूल्यवृद्धि

    पछिल्लो समय बजारमा तरकारी र मरमसलाको मूल्यमा भारी गिरावट आएको छ । २०८२ मङ्सिरको तथ्याङ्क अनुसार तरकारी उप–समूहको मूल्य ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको मूल्य ५.७९ प्रतिशतले घटेको छ ।तर उपभोक्ताका लागि अन्य क्षेत्र भने महँगो बन्दै गएको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य १८.५६ प्रतिशतले बढेको छ । त्यस्तै शिक्षामा ७.५६ प्रतिशत, कपडा तथा जुत्ताचप्पलमा ५.२९ प्रतिशत र घ्यू तथा तेलमा ५.५२ प्रतिशतले मूल्यवृद्धि भएको छ । मदिराजन्य पेय पदार्थ र सुर्तीजन्य पदार्थको मूल्य पनि क्रमशः ३.८५ र ४.१५ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ । थोक मुद्रास्फीतितर्फ भने निर्माण सामग्रीको मूल्य ४.५२ प्रतिशतले बढेको छ ।

    images
    images

    कोशीमा सबैभन्दा महँगो,  सुदूरपश्चिममा सबैभन्दा कम

    मुलुकभरको मुद्रास्फीति १.६३ प्रतिशत रहँदा प्रादेशिक रूपमा भने यसको प्रभाव फरक देखिएको छ । २०८२ मङ्सिर महिनासम्ममा कोशी प्रदेशमा सबैभन्दा बढी २.५४ प्रतिशत मुद्रास्फीति देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम अर्थात् ०.४० प्रतिशत मात्र रहेको छ ।राष्ट्र बैंकका अनुसार मधेस प्रदेशमा २.०१ प्रतिशत, बागमतीमा १.४८ प्रतिशत, गण्डकीमा १.०८ प्रतिशत, लुम्बिनीमा १.६७ प्रतिशत र कर्णाली प्रदेशमा १.०९ प्रतिशत मुद्रास्फीति रहेको छ । क्षेत्रगत आधारमा हेर्दा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा बढी महँगी देखिएको छ । ग्रामीण क्षेत्रको मूल्यवृद्धि १.०९ प्रतिशत रहँदा सहरमा १.८३ प्रतिशत पुगेको छ । काठमाडौँ उपत्यकामा १.९५ प्रतिशत, तरामा १.७१ प्रतिशत, पहाडमा १.३६ प्रतिशत र हिमालमा १.४७ प्रतिशत मुद्रास्फीति कायम भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend