images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • लोभ हुँदै गइरहेको भाषा शैली जोगाउन...

लोभ हुँदै गइरहेको भाषा शैली जोगाउन मनाङमा तीन गीतको भिडियो बन्दै

लोभ हुँदै गइरहेको भाषा शैली जोगाउन मनाङमा तीन गीतको भिडियो बन्दै

images
images
आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • काठमाडौं । मनाङ -स्थानीय भाषाशैली र परम्परा लोभ हुँदै गइरहेको अवस्थालाई मध्यनजर गरी माथिल्लो मनाङमा भाषाशैली जोगाउन मनाङी भाषाको ३ वटा गीतको म्युजिक भिडियो छायाङ्कन भइरहेको छ । 

    images
    images

    पल घलेको ‘मनाङ्गे नानी’ र ‘ओे माया ओ’ बोलको मनाङ भाषाको गीत, सोनम गुरुङको ‘आमा’ बोलको मनाङ्गे भाषाको गीतको म्युजिक भिडियोको छायाङ्कन भइरहेको हो ।

    मनाङी भाषाशैली र परम्परालाई जोगाइराख्न म्युजिक भिडियो निर्माण गर्न लागेको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । 

    images
    images

    ‘वृद्धवृद्धाहरुको मृत्युु हुँदै जाने र युवकयुवती अध्ययन–अध्यापनका लागि विदेशिनाले भाषाशैली लोप हुँदै गएको छ’, उहाँले भन्नुभयो– ‘पुराना मानिस सकिएसँगै भाषा संस्कृति नै जाने डर छ । त्यसैले हाम्रो भाषा जोगाइराख्न यस म्युजिक भिडियोले सहयोग गर्नेछ ।’

    शब्द सङ्गीत पल घले, गायकहरू दिका गुरुङ, सोनाम गुरुङ, पल घले र भ्वाइस अफ नेपाल सिजन छको टप ६ सम्म पुग्न सफल मनाङकै गायिका इना गुरुङ सबै मनाङका स्थानीय कलाकार हुन् ।

    म्युजिक भिडियोमा विनोद गुरुङलगायत स्थानीय कलाकारले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियो मनाङका ङावल, मनाङ गाउँ भ्राकालगायतका ठाउँमा छायाङ्कन भइरहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend