images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • निःशुल्क शिविरः २३२ जनाको मोतिया बिन्दुको...

निःशुल्क शिविरः २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया

निःशुल्क शिविरः २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया

images
images
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • बरहथवा (सर्लाही), २४ पुसः सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको छ । गत सोमबारदेखि बागमती नगरपालिका–१२, स्थित तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमतीमा शिविर सुरु भएको थियो । शिविरमा सहभागी मोतिया बिन्दु भएका २३२ जनाको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको हो । शिविरको पहिलो दिन ७९ जना, दोस्रो दिन ८३ जना र तेस्रो दिन ७० जनाको आँखाको शल्यक्रिया गरिएको केन्द्रका इन्चार्ज आशिष भट्टले जानकारी दिनुभयो । 

    images
    images

    बागमती नगरपालिका, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमती र  तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा तीनदिने शल्यक्रिया शिविर सञ्चालन भएको हो ।  गत पुस १५ गतेदेखि बागमती नगरपालिका, बरहथवा नगरपालिका, बलरा नगरपालिका र बसवरिया गाउँपालिकामा स्क्रिनिङ शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा एक हजार ६८१ जनाको आँखा जाँच गर्दा ३५० को आँखामा मोतिया बिन्दुको समस्या देखिएको थियो । 

    प्रतिकूल मौसमका कारण धेरै वृद्ध बिरामीलाई शिविरसम्म ल्याउन नसक्दा सबै बिमारीको आँखाको शल्यक्रिया हुन नसकेको बागमती नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले बताउनुभयो । शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानबाट डा रचना सिंह रानाको टोली खटिनुभएको थियो भने बागमती नगरपालिकाले बिरामीको खाने बस्ने व्यवस्था गरेको नगरका शिविर प्रतिनिधि सन्तबहादुर विश्वकर्माले बताउनुभयो । 

    images
    images

    गत वर्षदेखि तिलगङ्गा आँखा प्रतिष्ठानको शाखाका रूपमा बागमती नगरपालिका–१२, स्वास्थ्य केन्द्रको भवनमा सर्जिकल केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका आँखाको बिमारीले टाढा धाउनुपर्ने बाध्यता हटेको छ । बेलाबेलामा गाउँघरमै निःशुल्क शिविर आयोजना हुँदा सुविधा भएको बागमती नगरपालिका–७ का ७७ वर्षीय वीरबहादुर खड्काले बताउनुभयो । सतहत्तर वर्षको उमेरमा आँखाको ज्योति फर्किएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend