images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • कास्की, पुस २३  गते ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष ९पिआइसीयू० सञ्चालनमा आएको छ ।प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शय्याको उपचारकक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचारकक्ष (पिआइसीयू) अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो ।

    images
    images

    अस्पतालले बाल सघन उपचारकक्ष बारेमा नै विशेषज्ञता हासिल गरेका चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार गर्नेगरी बाल सघन उपचार कक्षको सिङ्गो युनिट सञ्चालनमा ल्याएको छ । सो कक्षमा सात शय्या दुई महिनाभन्दा ठूला बच्चाका लागि र एउटा सो भन्दा साना बच्चाका लागि प्रयोगमा ल्याइने छ ।सिकिस्त अवस्थाका बिरामीलाई सामान्य वार्डमा राखेर उपचार गराउँदा जोखिम बढी हुने र सङ्क्रमण फैलन सक्ने भएकाले पीआइसीयूमा राखेर उपचार गराउनुपर्ने हुन्छ । “भेन्टिलेटर, बाइप्याप लगायतका अत्याधुनिक उपकरण, विशेषज्ञ डाक्टरसहितको पिआइसीयू सञ्चालनमा ल्याउने हाम्रो प्रयासले सार्थकता पाएको छ । यसमा डेडिकेटेड जनशक्ति हुन्छ । यसबाट गम्भीर अवस्थाका बच्चाहरूलाई उपचारबाट अन्यत्र फिर्ता पठाउनुपर्ने अवस्था अन्त्य भएको छ”, बास्तोलाले भन्नुभयो ।

    यस उपचारकक्षका लागि प्रतिष्ठानले एक जना बालरोग विशेषज्ञसहित ११ जना चिकित्सक, तालिम लिएका १३ जना स्टाफ नर्स र तीन जना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा यसअघि रहेको पिआइसीयूमा आवश्यक जनशक्ति र उपकरण थिएन । जसका कारणले राम्रोसँग पिआइसीयू सञ्चालनमा आउन सकेको थिएन । बालरोग विभाग प्रमुख डा बास्तोलाले भन्नुभयो, “पहिलाको पिआइसीयू नाममात्रको थियो । यसैका लागि भनेर जनशक्ति थिएन, अन्य विभागबाट बोलाउनुपर्ने थियो । चाहेर पनि बच्चालाई भर्ना गर्न सकिएको थिएन । अहिले बालबालिकाका लागि नै ‘डेडिकेटेड’ उपचारकक्षा सुरु गरिएको हो । ” जटिल र गम्भीर अवस्थाका बिरामीलाई २४सैँ घण्टा चिकित्सकको प्रत्यक्षनिगरानीमा राखेर उपचार गराइने विशेष कक्ष पीआइसीयू हो । जहाँ चिकित्सक, नर्स, कर्मचारी र बिरामीबाहेक अरुलाई आवतजावत गर्न निषेध गरिने अस्पतालले जनाएको छ

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend