images

२०८३ आश्विन १९ गते

images
images
images

विभागले निरन्तर रुपमा अनुमगन तथा निरीक्षण

विभागले निरन्तर रुपमा अनुमगन तथा निरीक्षण

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • काठमाडौँ, २३ पुस । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई रु दुई लाख बराबरको जरिवाना गरेको छ ।

    images
    images

    यस्तै, श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालि काठमाडौँलाई रु ५० हजार जरिवाना गरेको छ । विभागका अनुसार ती उद्योगलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ २ क, दफा ३८  बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ ख बमोजिम कारवाही गरिएको हो ।

    विभागले काठमाडौँ र भक्तपुरका विभिन्न १७ वटा उद्योग र फर्ममा अनुमगन निरीक्षण गरेको थियो । त्यसमध्ये १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको थियो । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी समेतको सहभागितामा विभागले निरन्तर रुपमा  अनुमगन तथा निरीक्षण गरिरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend