images

२०८३ आश्विन १७ गते

images
images
images

सन् २०२५ मा अशोक स्टिलको व्यापार २१ प्रतिशतले बढ्यो

सन् २०२५ मा अशोक स्टिलको व्यापार २१ प्रतिशतले बढ्यो

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • काठमाडौं । अशोक स्टिल इन्डष्ट्रिजको व्यापार २१ प्रतिशतले बढेको छ ।कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २१ प्रतिशतले व्यापार बढेको हो ।सन् २०२४ मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा ४ अर्ब ३४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२३ मा ६ अर्ब ६६ करोड रुपैयाँको व्यापार गरेको थियो । गत आवमा कम्पनीको व्यापारमा केही सुधार आएको देखिन्छ । कम्पनीले गत आवमा ७ प्रतिशत नाफा कमाएको छ ।

    images
    images

    सन् १९८४ मा स्थापना भएको कम्पनीले डण्डी उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक १ लाख मेट्रिक टन क्षमतामा डण्डी उत्पादन गर्दै आएको छ । डण्डीसँगै स्पञ्ज आइरन र स्क्रयाप आइरन कच्चा पदार्थ प्रयोग गरी एमएस बिलेट उत्पादन गर्दै आएको छ ।कम्पनीले उत्पादन गरेको डण्डी अशोक टीएमटी ब्रान्डमा बिक्री गर्दै आएको छ ।

    कम्पनीले गरेको व्यापारमध्ये ७६ प्रतिशत हिस्सा कच्चा पदार्थको रहेको उल्लेख छ । सन् २०२४ मा ७२ प्रतिशत हिस्सा कच्चा पदार्थको थियो ।पुनमचन्द अग्रवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ४३ करोड रुपैयाँको रेटिङ गराएको छ ।कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ७९ करोड २३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ६३ करोड ७७ लाख रुपैयाँको रेटिङ गराएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend