images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका सात...

लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका सात कर्मचारी पक्राउ

लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका सात कर्मचारी पक्राउ

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • काठमाडौँ, २२ पुस । काठमाडौँ  महानगरपालिका–१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुपदार्थ सेवन गरेको अवस्थामा पक्राउ परेका छन्।

    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट ल्याइएका प्राविधिक ल्याब टेक्निसियन तथा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरीवृत्त कालीमाटीबाट खटिएको संयुक्त प्रहरी टोलीले परीक्षण गर्दा उनीहरूले लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि पक्राउ गरिएको हो।

    पक्राउ पर्नेहरूमा रौतहट घर भई बल्खु बस्ने २० वर्षीय वसन्तकुमार यादव, चितवनको कविलास घर भई लैनचौर बस्ने २७ वर्षीय साजन गुरुङ, तनहुँको बन्दीपुर घर भई ललितपुर सातदोबाटो बस्ने २३ वर्षीय पारस गुरुङ र अनुप गुरुङ रहेका छन्।

    images
    images

    त्यसैगरी, झापा घर भई बल्खु बस्ने ३८ वर्षीय विक्की श्रेष्ठ, काठमाडौँ महानगरपालिका–१४ बल्खु बस्ने ४२ वर्षीय अर्जुन भण्डारी तथा धादिङको गल्छी घर भई काठमाडौँ चन्द्रागिरि बस्ने २४ वर्षीय अस्मिन लामिछाने पनि पक्राउ परेका छन्।

    लागुपदार्थ सेवन गरी यात्रु तथा पैदलयात्रीलाई दुःख र हैरानी दिने गरेको भन्ने सूचनाका आधारमा सो क्षेत्रमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमा सोमबार अदालतले लागुपदार्थ सेवन कसुरमा अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend