images

२०८३ आश्विन १७ गते

images
images
images

आन्तरिक राजस्व कार्यालय भैरहवाले गर्‍यो ५ अर्ब ३६ करोड बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भैरहवाले गर्‍यो ५ अर्ब ३६ करोड बढी राजस्व सङ्कलन

images
images
सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • रूपन्देही । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।कार्यालयले उक्त अवधिमा पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १२१ दशमलव एक अर्थात् ६ अर्ब ५० करोड ३२ लाख सात हजार सङ्कलन गरेको हो ।कार्यालयले गत आवको सोही अवधिमा चार अर्ब ५१ करोड आठ लाख ४७ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए।

    images
    images

    उनका अनुसार राजस्वमा अन्तःशुल्कको हिस्सा सबैभन्दा बढी अर्थात् करिब ८० प्रतिशत रहेको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रअन्तर्गत ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend