images

२०८३ आश्विन २५ गते

images
images
images

ग्यासको मूल्य घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै कायम गर्ने तयारी

ग्यासको मूल्य घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै कायम गर्ने तयारी

images
images
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
  • काठमाडौं :खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी भएको छ। घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य कायम गर्ने तयारी गरिएको नेपाल आयल निगमले जनाएको हो। 

    images
    images

    निगमका कार्यकारी निर्देशक डा. चन्डिकाप्रसाद भट्टले दुई थरी मूल्य तय गर्न कार्ययोजना बनाउन लागिएको जानकारी दिए। उपभोक्तालाई सहुलियत दिनका लागि दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको भट्टले बताए। 

    राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहकलाई दोहोरो मूल्य कायम गरी सहुलियत दिने तयारी गरेको निगमले जनाएको छ। पाँचतारे होटेलदेखि सडक पेटीमा चिया बिक्री गर्ने र सर्वसाधारण उपभोक्तालाई एउटै मूल्य हुँदा उपभोक्ता मारमा परेका छन्।

    images
    images

    हाल घरायसी र व्यावसायिक प्रयोजनका लागि एउटै मूल्य कायम गरिएको हो। बजारमा खाना पकाउने एलपी ग्यासको मूल्य एक हजार ९१० रुपैयाँ रहेको छ। एलपी ग्यासमा परल मूल्य कायम गरी घरायसी प्रयोजनमा उपभोग गर्नेलाई ‘क्यास ब्याक’ गर्ने योजना रहेको निगमले जनाएको छ। 

    यसैबीच खाना पकाउने एलपी ग्यासको आयातमा दुई अर्ब रुपैयाँले कमी आएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको ११ महिना ५१ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ बराबरको चार लाख ८१ हजार ६२५ मेट्रिक टन ग्यास आयात भएको छ।

    गत आर्थिक वर्षको सो अवधिमा ५४ अर्ब ३२ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको चार लाख ७४ हजार ५७ मेट्रिक टन ग्यास आयात भएको थियो। पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको हो। 

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend