images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • एमालेको निर्वाचन तयारी, पुस २६ मा...

एमालेको निर्वाचन तयारी, पुस २६ मा जिम्मेवारी बाँडफाँड

एमालेको निर्वाचन तयारी, पुस २६ मा जिम्मेवारी बाँडफाँड

images
images
सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • काठमाडौं । जेनजी आन्दोलनलाई प्रतिगमन भन्दै आलोचना गरे पनि अरु भन्दा अगाडि पार्टीको महाधिवेशन सम्पन्न गरि केपी ओलीलाई नै अध्यक्ष अनुमोदन गरेको नेकपा एमाले निर्वाचन तयारीमा पनि अरु भन्दा एक कदम अघि बढेको छ ।संसद पुर्नस्थापनाको बिकल्प नरहेको भन्दै अदालतसमेत गुहारेको एमालेले यतिबेला फागुन २१ को निर्वाचन तयारीको अन्तिम चरणमा छ । अगामी पुस २६ गते गर्न लागेको एमालेको दोस्रो केन्द्रीय समिति बैठकपछि एमाले पुर्ण रुपमा निर्वाचनका लागि तयार रहेको सन्देश बोकेर घरदैलो अभियानमै लाग्ने तयारीमा छ । 

    images
    images

    संसद पुर्नस्थापनाको मुद्धा उठाएर सडकदेखि सर्वोच्च अदालतसम्म पुगेको नेकपा एमाले अन्ततः फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको छ । एक भन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्लाहरुमा उम्मेद्वारहरुको नामावली निर्वाचन समन्वय क्षेत्रीय कमिटिले सिफारिस गरिसकेको छ भने एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लाले सोमबार भित्र नामावली बुझाउनु पर्ने निर्देशन एमाले केन्द्रीय कार्यालयको छ ।यसरी आएका उम्मेद्वारहरुको नामावली प्रदेश हुँदै केन्द्रीय कार्यालयमा आउने र २६ गते डाकिएको केन्द्रीय समितिको बैठकपछि उम्मेद्वारसँगै निर्वाचन परिचालनको जिम्मेवारी समेत तोकेर अगाडी बढ्ने एमालेको तयारी छ । यो निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी तयारी अगाडी बढाएको भन्दै जिल्ला स्तरमा कार्यकर्तामाझ भिजेका र निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न सहज हुने नेता कार्यकर्तालाई निर्वाचनमा टिकट दिइने गरि एमाले अगाडी बढेको एमालेका सचिव डा. राजन भट्टराई बताउँछन् । 

    जिल्ला तथा निर्वाचन क्षेत्रबाट उम्मेद्वार हुन इच्छाएका ब्यक्तिलाई सिफारीस गर्दा पनि एमालेले मापदण्ड बनाएको छ । त्यो मापदण्ड भित्र पार्टीप्रति प्रतिबद्ध, स्थानीय स्तरमा लोकप्रीय रहेका व्यक्तिहरुलाई चुनावी मैदानमा उतार्ने योजना एमालेको छ । सोही अनुसार लम्जुङ्ग, दोलखा, इलाम क्षेत्र नम्बर २ सहितका केही ठाउँमा अहिले सर्वसहमतिमा उम्मेद्धार सिफारीस भइसकेको र केही जिल्लामा छलफल भइरहेको तथा केहीमा मतदान समेत भएको एमाले सचिव पद्मा अर्यालले बताइन् । धेरै जनाको नाम सिफारीस भएको ठाउँमा पार्टीको आन्तरिक एकता मजबुत हुने गरि टिकट दिइने उनको भनाई छ । महाधिवेशन प्रतिनिधि चयनका बेला एमालेले जिल्ला तहबाटै युवा प्रतिनिधित्वको सुनिश्चितता गर्दै केन्द्रीय कमिटिमा पनि युवाहरुलाई समेटेको दाबी गरेको छ । आगामी चुनावमा पनि युवाहरुलाई समेटेर अगाडि नेताहरुको दाबी छ । अहिले मुलुकमा राजनीतिक संकटको अवस्थामा रहेकाले यसको निकास दिलाउन एमालेले आफ्नो पक्षमा नतिजा निकाल्नु पर्ने र त्यसका लागि पार्टीलाई एक बनाउनु पर्ने आजको आवश्यकता रहेको एमाले बागमती प्रदेश कमिटि अध्यक्ष कैलाश ढुंगेलको भनाई छ । 

    images
    images

    एमालेले संसद पुर्नस्थापनामा जोड दिए पनि अघिल्लो सत्ता सहयात्री कांग्रेसहित अन्य दलहरुले पनि निर्वाचनमै जोड दिएपछि मुलुकमा निर्वाचनमय बनेको छ । यो अवस्थामा एमालेले पनि जर्बजस्त रुपमा पार्टीलाई निर्वाचनमा होम्दै चुनावी गतिविधि तीब्र पारेको हो । आगामी पुस २६ गते बस्ने केन्द्रीय समिति बैठकबाट निर्वाचन लक्षित जिम्मेवारी बाँडफाँड गर्दै मतदाताको घरदैलोमा जाने गरी कार्यक्रम अघि बढाउने नेताहरुले बताएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend