काठमाडौँ, २१ पुस । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १७ वटा फर्ममा बजार अनुगमन तथा निरीक्षण गरेको छ।
अनुगमनका क्रममा काठमाडौँको गैरीगाउँस्थित युवराज ट्रेड एण्ड सप्लायर्स लाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ तथा दफा ३८ (घ) बमोजिम कसुर ठहर गर्दै ऐनकै दफा ३९ (क) अनुसार रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ।
यसैगरी, निरीक्षणमा परेका अन्य १६ वटा फर्मलाई सुधारका लागि निर्देशनात्मक कारबाही गरिएको छ। विभागका अनुसार उपभोक्ता हित संरक्षण र बजारमा स्वच्छता कायम गर्न स्थानीय प्रशासन तथा जनप्रतिनिधिको सहभागितामा नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण कार्य जारी रहेको छ।




.gif)





