images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • मधेस प्रदेशका निलम्बित सांसद सिंहविरुद्धको भ्रष्टाचार...

मधेस प्रदेशका निलम्बित सांसद सिंहविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

मधेस प्रदेशका निलम्बित सांसद सिंहविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • काठमाडौँ । मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका निलम्बित सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका सरोज कुमार सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागवादी गरिएको छ । उपभोक्ता समितिको खाताहरूमा जम्मा दाखिला भएको रकम आफ्नो स्वकीय सचिव विनोद कुमार लाल कायस्थ मार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा दाखिला गरेर हिनामिना गरेको अभियोगमा सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

    images
    images

    सिंहसहित रमेश मडर,अमलेश कुमारी, दिपाराज देवी राजपूत,भिखारी राउत कुर्मी,भूपेन्द्र कुमार झा,मञ्जु देवी पासमान, रामनाथ सहनी,स्वीकृति देवी भन्ने स्वीकृति देवी,रामशरण खत्वे,बिभा देवी खत्वे,शम्भु कुमार मंडल,योगिन्द्रर महतो, सुनयना कुमारी,यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।अख्तियारले धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुना प्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीसँग १ लाख ८५ हजार २६० रुपैयाँ, उपभोक्ता समितिको अध्यक्ष  योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीसँग ६ लाख ५७ हजार ७०० बिगो माग दाबी गर्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको थियो । 

    त्यस्तै उपभोक्ता समितिको अध्यक्ष राम नाथ सहनी र कोषाध्यक्ष स्वीकृति देवी भन्ने स्वीकृति देवीसँग २ लाख १४ हजार ३ सय ५० रुपैयाँ, माईस्थान मन्दिरको सौन्दर्यीकरण उपभोक्ता समितिको अध्यक्ष राम शरण खत्वे र कोषाध्यक्ष बिभा देवी खत्वेसँग १ लाख ५० हजार, रधवा पिपलदेखि सहसौला अनेरभाटदेखि जनता प्रावि हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र कुमार झासँग १८ लाख ९१ हजार ९ सय रुपैयाँ, उपभोक्ता समितिको कोषाध्यक्ष मञ्जु देवी पासमानसँग २१ लाख ९३ हजार ८ सय १५ रुपैयाँ बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।सिंहले मधेस प्रदेश, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम (प्रदेश संसदीय विकास कोष) अन्तर्गत आर्थिक वर्ष २०७८–०७९ को वार्षिक बजेटमा विनियोजन भएको रकमबाट मधेस प्रदेश, महोत्तरी जिल्ला क्षेत्र नं.४(ख) अन्तर्गतका रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र सम्सी गाउँपालिकाका विभिन्न वडाहरुमा विकास योजनाहरु सञ्चालन गर्नको लागि गठन भएका उपभोक्ता समितिहरू देवी माहारानी सौन्दर्यीकरण उपभोक्ता समिति, मनराशिसवा न.पा. वडा नं. २ कट्टी, रधवा पिपल गुरुकुल एकेडेमी हुँदै अनहेरभाटस्थानसम्मको सडक स्तरोन्नति कार्य उपभोक्ता समिति, सम्सी गा.पा. वडा नं. ५ संग्रामपुर, अधुरो कमलामाई मन्दिर निर्माण तथा मालतमाई स्थानको कम्पाउन्डवाल निर्माण उपभोक्ता समिति, मनराशिसवा न.पा.वडा नं. ७, कञ्चनियामाई मन्दिर सौन्दर्यीकरण निर्माण उपभोक्ता समिति रामगोपालपुर-५, कन्चनपुरबाट कमिसन लिएको अनुसन्धानमा देखिएको छ ।

    images
    images

    त्यस्तै माइस्थान मन्दिरको सौन्दर्यीकरण निर्माण उपभोक्ता समिति, रामगोपालपुर न।पा।वडा नं। ८, हरिणमरी, रधवा पिपल चौकदेखि वडा नं। ७ सहसौलासम्म साथै अनहेरभाट स्थान देखि जनता प्रावि हुँदै लक्ष्मीनीयासम्म माटो ग्रेभल निर्माण उपभोक्ता समिति, सम्सी गा.पा. ४, गौढा, धर्मशाला निर्माण कार्य उपभोक्ता समिति,, मनराशिसवा न।पा।वडा नं। ७ र धर्मशाला एवं रामनारायण महतोको घरदेखि रामबृक्ष महतोको गाछीसम्म बाटो स्तरोन्नति उपभोक्ता समिति रामगोपालपुर न.पा. वडा नं. ४.को लागि विनियोजन भई सो उपभोक्ता समितिहरूको नाममा साबिकको लक्ष्मी बैंक हाल लक्ष्मी सनराइज बैंक लि. मा रहेको खातामा जम्मा भएको कूल रकम १ करोड २६ लाख २७ हजार ४ सय ८१ रुपैयाँ मध्ये प्रतिवादी सरोज कुमार सिंहले प्रयोग प्रचलन गर्दै गरेको सरोज कुमार सिंह र श्रीमती सरिता कुमारी महतो सिंहको नाममा सोही बैंकमा रहेको संयुक्त खाता नं. १२९२०००७२२१ मा ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ अर्थात औसतमा २८‍.२५ .प्रतिशतको दरले कमिसन लिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend