images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • औषधी व्यवस्था विभागद्वारा औषधी फिर्तासम्बन्धी सूचना...

औषधी व्यवस्था विभागद्वारा औषधी फिर्तासम्बन्धी सूचना जारी

औषधी व्यवस्था विभागद्वारा औषधी फिर्तासम्बन्धी सूचना जारी

images
images
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • काठमाडौँ । औषधी व्यवस्था विभागले औषधि फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ । विभागले अज एक सूचना जारी गर्दै औषधी ‘लेभोफ्क्स-५००’ ट्याबलेट फिर्ता गर्न सूचना जारी गरेको हो ।ब्याच नं ‘बिबी-२४००१’ को औषधी बजारबाट फिर्ता गर्न भनिएको हो । यो औषधी मेग्नस फर्मा प्रालिले उत्पादन गरेको हो । उक्त औषधी ब्याक्टेरिया सङ्क्रमण रोक्नलाई प्रयोग गरिन्छ । विभागले उक्त ब्याच नं उल्लेख भएका औषधीको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सबैलाई अनुरोध गरेको छ ।

    images
    images

    राष्ट्रिय औषधी प्रयोगशालाबाट बजारीकृत औषधीको नमुना सङ्कलन गरी परीक्षण गर्दा देहायको उत्पादकबाट उत्पादित ब्याच नं को औषधि न्यून गुणस्तर भएको पाइएकाले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी उक्त औषधी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको वितरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूका जानकारीका लागि विभागले सूचना प्रकाशित गरिएको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend