काठमाडौँ । सशस्त्र प्रहरी बलले थप ४२ जना परिचर भर्ना गर्न दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी परिचरतर्फ भान्छे, कुचीकार, सूचिकार र केशकर्तक पदमा थप सङ्ख्या माग गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । यसअघि भदौ ६ मा सूचना प्रकाशन भएपछि खाली भएको दरबन्दीमा पदपूर्ति गर्ने गरी थप सङ्ख्या माग गरिएको सशस्त्रको मानव श्रोत विभाग अन्तर्गतको भर्ना छनौट शाखाले जनाएको छ ।
शुक्रबार प्रकाशित सूचना अनुसार भान्छेतर्फ थप १९ जना, कुचीकारतर्फ थप २० जना, सूचिकार २ जना र एक जना केशकर्तक माग गरिएको छ ।सशस्त्र प्रहरी सेवा आयोगको आग्रहमा लोकसेवा आगोले रिक्त दरबन्दीमा पुरानै विज्ञापन अनुसार भर्ना गर्न लागेको सशस्त्र प्रहरी बलका एक जना उच्च अधिकृतले बताए ।
यसअघि २६ जना भान्छे, १० जना कुचीकार, १३ जना सूचिकार र १० जना केशकर्तक माग गरिएको थियो । सशस्त्रमा रिक्त रहेको साधारण समूहतर्फ सो सङ्ख्या माग गरिएको हो ।




.gif)





