images

२०८३ आश्विन २५ गते

images
images
images

जेठ महिनामा उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशतमा सीमित

जेठ महिनामा उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशतमा सीमित

images
images
अर्थ समाचार
बुधवार, आषाढ २६ २०८१
अर्थ समाचार
बुधवार, आषाढ २६ २०८१
  • चालू आवको जेठ महिनामा उपभोक्ता मुद्रास्फीति घटेको छ। 

    images
    images

    अघिल्लो वर्षको सोही महिनामा ६.८३ प्रतिशत रहेको मुद्रास्फीति २०८१ जेठ महिनामा ४.१७ प्रतिशत सीमित रहेको हो। 

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ। 

    images
    images

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६.०२ प्रतिशत, दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ५.५१ प्रतिशतले घटेको छ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend