images

२०८३ आश्विन १८ गते

images
images
images

कसले खानु हुँदैन बदाम ?

कसले खानु हुँदैन बदाम ?

images
images
बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • काठमाडौँ । प्रोटिन, स्वस्थ फ्याट र फाइबरको राम्रो स्रोत मानिने बदाम स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।पोषणले भरिपूर्ण भए तापनि सबैका लागि बदाम खानु फाइदाजनक हुँदैन। स्वास्थ्य विज्ञहरूका अनुसार केही विशेष स्वास्थ्य अवस्था भएका व्यक्तिहरूले बदामबाट टाढै रहनु वा चिकित्सकको सल्लाह लिनु आवश्यक छ।बदामको एलर्जी भएका व्यक्तिहरूका लागि यसको सेवन ज्यान लिनेसम्मको खतरनाक हुन सक्छ। बदामको एलर्जीले छाला चिलाउने, सुन्निने, सास फेर्न गाह्रो हुने र गम्भीर अवस्थामा ‘एनाफिलेक्सिस’ जस्तो जोखिम निम्त्याउन सक्छ।

    images
    images

    त्यसैगरी, ग्यास, एसिडिटी र पाचन सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई पनि बदामले दुःख दिन सक्छ। यसमा हुने उच्च फ्याट पचाउन समय लाग्ने भएकाले अपचको समस्या भएकाहरूले बदाम खाँदा सावधानी अपनाउनु पर्छ।मिर्गौलाको पत्थरी र यूरिक एसिड बढेका बिरामीहरूका लागि पनि बदाम हानिकारक हुन सक्छ। बदाममा हुने अक्सलेट्सको मात्राले मिर्गौलामा पत्थरीको समस्या बढाउन सक्छ भने यूरिक एसिड उच्च भएका व्यक्तिहरूमा जोर्नीको दुखाइ र सुन्निने समस्या थप बल्झिन सक्छ।

    त्यस्तै, तौल घटाउन चाहने वा मोटोपनको समस्या भएका व्यक्तिहरूले पनि बदामको मात्रामा नियन्त्रण गर्नु पर्छ। यसमा क्यालोरी र फ्याट बढी हुने भएकाले धेरै खाँदा तौल बढ्ने जोखिम रहन्छ।मधुमेहका बिरामीहरूले पनि नुनिलो वा तेलमा तारिएको बदाम खानु हुँदैन। यसले रक्तचाप र चिनीको मात्रा दुवैलाई प्रभावित पार्न सक्छ। मधुमेहका बिरामीले खानै परेमा बिना नुन र सीमित मात्रामा मात्र बदाम खानुपर्छ।आफ्नो शरीरको आवश्यकता र स्वास्थ्य अवस्था हेरेर मात्र बदामलाई आहारमा समावेश गर्न र समस्या देखिएमा पोषणबारे सल्लाह लिन विज्ञहरू सुझाव दिन्छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend