images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • अमेरिकामा ७७ वस्तु निर्यात गर्दा आजदेखि...

अमेरिकामा ७७ वस्तु निर्यात गर्दा आजदेखि २६ प्रतिशतसम्म कर

अमेरिकामा ७७ वस्तु निर्यात गर्दा आजदेखि २६ प्रतिशतसम्म कर

images
images
बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • काठमाडौँ । अमेरिकामा ७७ वस्तुको निर्यात गर्दा आजदेखि २६ प्रतिशतसम्म कर लाग्ने भएको छ । सन् २०१५ देखि अमेरिकाले नेपालका विभिन्न वस्तु आयातमा दिँदै आएको कर छुट सुविधा आजदेखि अन्त्य भएको हो ।नेपालमा गएको भूकम्प गएपछि अमेरिकाले नेपाललाई सहयोगस्वरुप यस्तो ट्यारिफ छुटको व्यवस्था गरेको थियो । यस अन्तर्गत नेपाली पस्मिनाका सल, मफलर, टोपी, लगायतका ४८ वस्तुहरू अमेरिकामा निर्यात हुँदै आएका छन् । छुट सुविधा दिए पनि बाँकी वस्तु भने निर्यात हुन सकेका थिएनन् ।

    images
    images

    यो सुविधा अन्त्य भएसँगै नेपाली वस्तुले २६ प्रतिशतसम्म कर तिर्नुपर्ने नेपाल निर्यात परिषद्का निवर्तमान अध्यक्ष रमेश बहादुर पोखरेल बताउँछन् । यो ट्यारिफमध्ये १० प्रतिशत अमेरिकाले लगाइएको बेसलाइन ट्यारिफ अन्तर्गतको हो भने बाँकी छुट सुविधा अन्त्य भएबापतको हो ।‘हिजोसम्म हामीले सबै आइटममा १० प्रतिशत तिथ्र्यौं, अब २६ प्रतिशतसम्म तिर्नुपर्छ,’ पोखरेल भन्छन्, ‘हामीले सुविधा पाएका वस्तुमा अमेरिकाले ६ देखि १६ प्रतिशतसम्म ट्यारिफ लाग्ने गरेको छ ।’

    सुविधा अन्त्य हुने समय नजिकिएसँगै निर्यातकर्ता सम्बद्ध व्यावसायिक संघका पदाधिकारीहरूले सुविधा निरन्तरताको लागि पहल गरिदिन भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए । मन्त्रालयले यसका लागि पहल गरेपछि छुट सुविधा अन्त्य हुने दिनसम्म यसको रिजल्ट नदेखिएको पोखरेल बताउँछन् ।‘हामीले भूकम्प मात्रै होइन, त्यसपछि कोभिड लगायत धेरै समस्या झेल्यौं, त्यसैले यसलाई  कम्तीमा पाँच वर्षका लागि निरन्तरता दिनुपर्छ भन्ने हाम्रो भनाइ थियो, त्यो हुन सकेन, अब पूरै ट्यारिफ तिर्नुपर्छ’ पोखरेल भन्छन् ।

    images
    images

    कस्तो पर्छ असर ?

    अमेरिकाले दिँदै आएको सुविधा घटेसँगै अब अमेरिकामा जाने सामान ६ देखि १६ प्रतिशत महँगो पर्नेछ । यसले प्रतिस्पर्धात्मक क्षमता घटाउने व्यवसायीहरू बताउँछन् । यसले उत्पादनदेखि रोजगारीसम्मै असर पर्न सक्छ ।यद्यपि अहिले अमेरिकाले लगाएको रेसिप्रोकल ट्यारिफका कारण भने नेपाली निर्यातकर्ताको प्रतिस्पर्धी क्षमता बढेको छ । अहिले अमेरिकाले भारत, बङ्गलादेश लगायत देशसँग ठुलो मात्रामा रेसिप्रोकल ट्यारिफ असुल गर्दै आएको छ । जुन नेपालका लागि शून्य प्रतिशत छ ।गार्मेन्टको निर्यातमा बङ्गलादेश र भारत नेपालको प्रमुख प्रतिस्पर्धी राष्ट्र मानिन्छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend