images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • यज्डी मोटरसाइकलको दशैं-तिहार लक्षित अफर सार्वजनिक,...

यज्डी मोटरसाइकलको दशैं-तिहार लक्षित अफर सार्वजनिक, १ लाख ५० हजार रुपैयाँ जित्ने मौका

यज्डी मोटरसाइकलको दशैं-तिहार लक्षित अफर सार्वजनिक, १ लाख ५० हजार रुपैयाँ जित्ने मौका

images
images
बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • काठमाडौं । यज्डी मोटरसाइकलको आधिकारिक विक्रेता अग्नि मोटोइंकले दशैं-तिहार लक्षित योजना सार्वजनिक गरेको छ ।

    images
    images

    कम्पनीले यज्डी मोटरसाइकल खरिद गर्ने ग्राहकलाई १ लाख ५० हजार रुपैयाँ नगद छुट, शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ र ५ वर्ष निःशुल्क सर्भिसिङ सुविधा सहितको योजना सार्वजनिक गरेको हो ।

    अन रोड र अफ रोड सबै तिर चलाउन सकिने यो शक्तिशाली यज्डी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेका लागि लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ ।

    images
    images

    कम्पनीका अनुसार यस मोटरसाइकलमा बीएससिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाका लागि स्विच गर्न मिल्ने डुअल च्यानल एबीएस राखिएको छ  ।अफर अनुसार यो मोटरसाइकल काठमाडौंको उत्तरढोका र नेपालगञ्जमा रहेका शोरुमबाट खरिद गर्न सकिनेछ ।

    यज्डी स्क्र्याम्ब्लरको साथै कम्पनीले यज्डी एड्भेन्चर र यज्डी रोड्स्टर पनि बिक्री वितरण गर्दै आएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend