images

२०८३ आश्विन १८ गते

images
images
images

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • इस्लामावाद  । पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा आधाभन्दा कम रिपोर्ट गरेको छ । यसवर्ष पनि खोप लगाउने स्वास्थ्य कार्यकर्ताहरूले बारम्बार आतङ्कवादी आक्रमणको सामना गर्नुपरेको भए पनि पोलियो उन्मूलन अभियानमा प्रगति देखिएको सरकारी पोलियो उन्मूलन पहलको विज्ञप्तिमा उल्लेख छ ।पाकिस्तानले चार करोड ५० लाख बालबालिकालाई लक्षित गर्दै राष्ट्रव्यापी पोलियो खोप अभियान सुरु गरेको दुई हप्तापछि यो तथ्य सार्वजनिक भएको हो । राष्ट्रिय आपतकालीन अपरेसन केन्द्रका संयोजक अनवारुल हकले सन् २०२५ मा सम्भावित पोलियोका ३० घटना रिपोर्ट भएको बताए । यो एक वर्षअघि ७४ थियो ।

    images
    images

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाकिस्तान र छिमेकी अफगानिस्तान मात्र दुई देश हुन् जहाँ पोलियो अझै उन्मूलन हुन सकेको छैन । स्वास्थ्य अधिकारीहरूले खोप कभरेजमा सुधार आएको र रिपोर्ट गरिएका केसहरू तीव्र रूपमा घटेको बताएका छन् । तर, पहुँच कठिन क्षेत्रहरूमा निरन्तर प्रसारणको जोखिम रहेको छ, जसले खोप अभियान स्थिर नभएसम्म देशलाई चुनौतीको सामना गर्नुपर्ने देखाउँछ ।हकले फेब्रुअरीको पहिलो हप्तामा नयाँ वर्षको पहिलो पोलियो विरोधी अभियान सुरु हुने बताए । उनले सेप्टेम्बरदेखि देशमा नयाँ सङ्क्रमणको रिपोर्ट नभएको र लक्षित जनसङ्ख्याको ९८ प्रतिशतभन्दा बढीलाई पछिल्लो खोप अभियानले सम्पर्क गरेको बताए ।

    उत्तरी पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा स्वास्थ्य कार्यकर्ताहरूले सुरक्षा चुनौती र प्रतिरोधको सामना गरिरहेका छन् । खोप अभियानलाई मुस्लिम बच्चाहरूलाई नसबन्दी गर्ने पश्चिमी षड्यन्त्र भएको झुटो दाबी गर्दै आतङ्कवादीहरूले बारम्बार खोप कार्यकर्ताहरू र उनीहरूको सुरक्षामा खटिएका प्रहरी अधिकारीहरूलाई निशाना बनाएका छन् ।हरेक अभियान अघि गुप्तचर चेतावनीअनुसार हजारौँ प्रहरी अधिकारी तैनाथ गरिन्छन् । सन् १९९० को दशकदेखि यस्ता आक्रमणमा २०० भन्दा बढी पोलियो कार्यकर्ता र सुरक्षा अधिकारीहरूले आफ्नो जीवन गुमाइसकेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend