images

२०८३ आश्विन २० गते

images
images
images

विद्यार्थीलाई ३० रुपैयाँमा खाना

विद्यार्थीलाई ३० रुपैयाँमा खाना

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • पोखरा । महँगीको वर्तमान समयमा कास्कीको माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई मात्र ३० रुपैयाँमा एक छाक पोसिलो खाना खुवाउँदै आएको छ। पोखरा महानगरपालिका–२८ मा रहेको यो विद्यालयले शैक्षिक गुणस्तर सुधार्ने लक्ष्यका साथ कक्षा ८, ९ र १० का विद्यार्थीका लागि यस्तो सुविधा मिलाएको हो।विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन विद्यालयले बिहान ७:३० बजेदेखि नै कक्षा सञ्चालन गर्दै आएको छ। टाढाबाट आउने विद्यार्थीहरूलाई पढाइमा सहज होस् र अभिभावकलाई पनि आर्थिक भार कम परोस् भनेर 'दिवा छात्रावास' को अवधारणाअनुसार गत भदौदेखि खानाको व्यवस्था सुरु गरिएको प्रधानाध्यापक किरणबाबु न्यौपानेले जानकारी दिए।

    images
    images

    यति न्यून शुल्कमा खाना खुवाउने कार्य विद्यालयका पूर्वविद्यार्थीहरूको सहयोगका कारण सम्भव भएको हो। पूर्वविद्यार्थीहरूले विद्यालयलाई दाल, चामल, तरकारीका साथै नगद सहयोग उपलब्ध गराउँदै आएका छन्। यस विद्यालयमा भगवतीटार, नौरुङ, राम्चे र ओख्ले जस्ता विकट ठाउँबाट झण्डै डेढ घण्टा हिँडेर विद्यार्थीहरू पढ्न आउने गर्छन्।हालसम्म विद्यालयको आफ्नै बस नहुँदा टाढाका विद्यार्थीलाई समस्या परिरहेको छ। बस सुविधाका लागि भारतीय दूतावासमा प्रस्ताव पठाइएको र यसै आर्थिक वर्षभित्र बस प्राप्त हुने अपेक्षा गरिएको प्रधानाध्यापक न्यौपानेले बताए। वि.सं. २०१६ मा स्थापना भएको यस विद्यालयले कक्षा ९ देखि १२ सम्म कम्प्युटर विज्ञान विषयको समेत पठनपाठन गराउँदै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend