images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • फागुन २१ भित्रै लुटिएका हतियार भेटाउने...

फागुन २१ भित्रै लुटिएका हतियार भेटाउने र फरार कैदी समात्ने गृहमन्त्रीको उद्घोष

फागुन २१ भित्रै लुटिएका हतियार भेटाउने र फरार कैदी समात्ने गृहमन्त्रीको उद्घोष

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा लुटिएका हतियार र बन्दीगृहबाट फरार भएका कैदीहरूलाई आगामी फागुन २१ गतेभित्रै नियन्त्रणमा लिइसक्ने दाबी गरेका छन्।विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा बोल्दै मन्त्री अर्यालले फरार भएका अधिकांश कैदीबन्दीहरू सुरक्षा निकायको सम्पर्कमा आइसकेको र बाँकीलाई पनि विशेष अभियान चलाएर छिट्टै नियन्त्रणमा लिइने स्पष्ट पारे। राजनीतिक दलहरूले हतियार र फरार कैदीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा उठाएको भन्दै उनले यस विषयमा सरकार गम्भीर र उत्तरदायी भएर लागिरहेको बताए।

    images
    images

    आगामी निर्वाचनको तयारीका सन्दर्भमा आयोजित सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्रीले भयरहित, निष्पक्ष र शान्तिपूर्ण चुनाव गराउन सरकारले सुरक्षा संयन्त्रहरूलाई सक्रिय बनाएको जानकारी दिए। निर्वाचन लोकतन्त्रको प्राण भएको र यसले नागरिक शक्तिलाई शासनको वैधानिकता प्रदान गर्ने उनको भनाइ छ। सुशासन कायम गर्न र देशलाई स्थिरता दिन तोकिएको समयमै धाँधलीरहित निर्वाचन गर्नुको विकल्प नरहेको उनले उल्लेख गरे।यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान गैरदलीय सरकारलाई तटस्थ बसेर निर्वाचन गराउन आग्रह गरे। निर्वाचन आउन दुई महिना मात्र बाँकी रहे पनि अझै चुनावी वातावरण बनिनसकेको उनको दाबी छ। मुख्यमन्त्री कार्कीले सुरक्षाकर्मीको मनोबल उच्च राख्नका लागि आवश्यक साधनस्रोत उपलब्ध गराउन गृह मन्त्रालयको ध्यानाकर्षण गराए।

    कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले लगायतले सुरक्षा चुनौतीबारे धारणा राखेका थिए। बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूका साथै कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend