images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय सभा चुनावका लागि गण्डकीमा खुल्यो...

राष्ट्रिय सभा चुनावका लागि गण्डकीमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

राष्ट्रिय सभा चुनावका लागि गण्डकीमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • पोखरा । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय पोखरामा प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।गण्डकी प्रदेशमा २ वटा सिट रिक्त हुँदैछ । अन्य क्लष्टर र महिला खुला क्लष्टरमा निर्वाचन हुनेछ । ६ वर्षअघि निर्वाचित भएका नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेकी नेतृ भगवती न्यौपानेको कार्यकाल सकिएको छ ।

    images
    images

    निर्वाचनका लागि पुस २३ मनोनयन दर्ताको तालिका छन् । पुस १९ गते मतदाता नामावली सार्वजनिक गरिने निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिए । आयोगले कास्की जिल्लाका जिल्ला न्यायाधीश हिमलाल बेलबासेलाई निर्वाचन अधिकृत तोकेको छ ।घोषित निर्वाचन स्वच्छ र भय रहित वातावरणमा सम्पन्न गर्ने बेलबासेले प्रतिबद्धता जनाए । कार्यालयको उद्घाटन गर्दै उनले निर्वाचनमा सघाउन सबैसँग अपिल गरेका छन् ।

     
    गण्डकीमा के छ अंकगणित ?
     

    राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्नेछन् । उनीहरूको मतभार फरक हुन्छ । अध्यावधिक विवरण अनुसार प्रदेश सांसदको मतभार ४८ बाट बढेर ५३ पुगेको छ भने स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ बाट बढेर १९ पुगेको छ ।प्रदेशमा कांग्रेसका २७ सांसद छन् । उनीहरूको मतभार १ हजार ४ सय ३१ हुन्छ । स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये कांग्रेसबाट ६७ जना निर्वाचित भएका छन् । उनीहरूको मतभार १ हजार २ सय ७३ पुग्छ । २२ सांसद रहेको एमालेको प्रदेश सभामा १ हजार १ सय ६६ मतभार छ भने ७० जना स्थानीय तहका जनप्रतिनिधिको १ हजार ३ सय ३० मतभार हुन्छ ।अहिलेसम्म दलहरू गठबन्धन गर्ने वा एक्लाएक्लै निर्वाचनमा सहभागी हुने कुनै निर्णयमा पुगेका छैनन्, तर हालको गठजोड हेर्दा कांग्रेस र एमालेको गठबन्धनले निरन्तरता पाए अरू दलहरूले गण्डकीबाट राष्ट्रिय सभा सांसद पाउने सम्भावना छैन ।

    images
    images

    नेपाली कम्युनिस्ट पार्टीका ७ सांसदको मतभार ३ सय ७१ र स्थानीय तहका ३० जनप्रतिनिधि ९एकीकृत समाजवादीको १ समेत० को ५ सय ७० मतभार हुन्छ । पोखरा महानगरका मेयर धनराज आचार्य एकीकृत समाजवादीबाट निर्वाचित प्रदेशका एक्ला जनप्रतिनिधि हुन् ।यस्तै राष्ट्रिय जनमोर्चासँग ५७ मतभार छ । स्थानीय तहमा ३ वटा पद जनमोर्चाले जितेको थियो । राप्रपासँग १ सय ६ मतभार छ । प्रदेश सभामा २ सांसद राप्रपाको छ । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०को ५३ मतभार छ । यहाँ एकजना सांसद नयाँ शक्तिका छन् । समग्रमा हिसाब गर्दा कांग्रेसले २ हजार ७ सय ४ मतभार होल्ड गरेको छ । नेकपा एमालेको २ हजार ४ सय ९६ र नेपाली कम्युनिस्ट पार्टीले ९ सय ४१ मतभार छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend