images

२०८३ आश्विन १७ गते

images
images
images

नगरकोटमा १ अर्ब २९ करोड रुपैयाँमा स्वर्णिम माउन्टेन रिसोर्ट बन्दै

नगरकोटमा १ अर्ब २९ करोड रुपैयाँमा स्वर्णिम माउन्टेन रिसोर्ट बन्दै

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौं । नगरकोटमा सवा १ अर्ब रुपैयाँ लगानीमा स्वर्णिम रिसोर्ट निर्माणधीन छ । स्वर्णिम माउन्टेन रिसोर्ट प्रालिले नगरकोटमा १ अर्ब २९ करोड ५० लाख रुपैयाँ लगानीमा पाँच तारे होटल निर्माण गरिरहेको छ।कम्पनीले पाँच तारे रिसोर्टसहित क्लब र क्यासिनोको सुविधाका साथ होटल निर्माण गरिरहेको छ । कम्पनीले ८० कोठाको सुविधाका साथ होटल निर्माण गर्ने भएको हो । कम्पनीले होटल निर्माणका लागि ६२ः३८ कर्जा स्वपुँजी लगानीको अनुपात राखेको छ । कम्पनीले हालसम्ममा कर्जाको व्यवस्थापन गरिसकेको छ भने इक्विटीको २८ प्रतिशत रकम व्यवस्थापन भइसकेको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।

    images
    images

    कम्पनीअनुसार हालसम्ममा जग्गा अधिग्रहणको कार्य सम्पन्न गरिसकेको छ । कम्पनीले भारतीय कम्पनी डिजाइनर ग्रुपसँग आर्किटेक्चर र डिजाइनिङको लागि सम्झौता गरेको छ । त्यस्तै, हालसम्ममा कम्पनीको १९ प्रतिशत आर्थिक प्रगति भइसकेको छ । आयोजनाको कार्य पहिलो चरणमा रहेकाले आगामी दिनमा समयअनुसार लागत पनि संशोधन हुने जनाएको छ ।

    कम्पनीले ८० वटा कोठामा १८ वटा डिलक्स कोठा, ५६ वटा भिल्ला, ४ वटा सुइट भिल्ला र दुई वटा प्रेसिडेन्सियल भिल्ला, स्वीमिङ पुल, कन्फरेन्स र ब्याङ्क्वेट हल, स्पा र अन्य सुविधाको व्यवस्था हुने जनाएको छ । कम्पनीमा नरेशलाल श्रेष्ठ, भक्तबहादुर हमाल र गोपाल महर्जनको स्वामित्व छ । कम्पनीको अध्यक्ष भक्तबहादुर हमाल हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend