images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्यको बेवास्ताले...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्यको बेवास्ताले जोखिम बढ्यो

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्यको बेवास्ताले जोखिम बढ्यो

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौँ, १६ पुस । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनका संवेदनशील चरण हुन्। तर स्वास्थ्य सेवामा शारीरिक पक्षमात्र प्राथमिकतामा राखिँदा मानसिक स्वास्थ्य प्रायः ओझेलमा परेको छ।

    images
    images

    सामाजिक धारणा, स्रोतसाधनको कमी र जानकारीको अभावका कारण गर्भवती तथा सुत्केरी महिलामा देखिने तनाव, एन्जाइटी र डिप्रेसन समयमै पहिचान हुन सकेको छैन। यसको असर मात्र आमा होइन, बच्चा र समग्र परिवारमा समेत पर्छ।

    प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका मनोचिकित्सक डा.प्रतिष्ठा घिमिरेका अनुसार, गर्भवती र सुत्केरी महिलामा मानसिक स्वास्थ्य समस्या सामान्य भए पनि गम्भीर अवस्थामा आत्महत्या र साइकोसिससम्मको जोखिम हुन्छ। अस्पतालले २०८१ सालदेखि गर्भवती र सुत्केरी महिलाका लागि मानसिक स्वास्थ्य ओपिडी सेवा सञ्चालन गर्दै आएको छ।

    images
    images

    विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वभर १० प्रतिशत गर्भवती र १३ प्रतिशत सुत्केरी महिलामा मानसिक स्वास्थ्य समस्या देखिन्छ। विकासोन्मुख देशमा यो दर अझ उच्च छ। नेपालमा गर्भावस्थामा १५.६ प्रतिशत र सुत्केरीपछिको अवस्थामा १९.८ प्रतिशत महिलामा समस्या देखिएको छ।

    विशेषज्ञको सुझावः

    गर्भवती र सुत्केरी महिलालाई परिवार र विशेषगरी श्रीमानको सहयोग आवश्यक छ।

    पर्याप्त आराम, सन्तुलित भोजन र शारीरिक गतिविधि सुनिश्चित गर्नुहोस्।

    भावनात्मक कुरा मिल्ने व्यक्तिसँग सेयर गर्नुहोस्।

    मानसिक स्वास्थ्यका लक्षण जस्तै निरन्तर दुःख, डर, छटपटी, निद्रामा समस्या वा बच्चा वा आफैंलाई हानि गर्ने सोच देखिएमा स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्।

    डा.प्रतिष्ठा घिमिरेले भनेका छन्, “मानसिक स्वास्थ्य समस्या बेवास्ता गर्दा दुर्घटना हुन सक्छ। समयमै व्यवस्थापन र परामर्शले आमाको स्वास्थ्य र बच्चाको विकासमा सकारात्मक असर पार्न सकिन्छ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend