images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • शितलहरका कारण दाउन्ने खण्डमा सवारी आवागमन...

शितलहरका कारण दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित

शितलहरका कारण दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौँ, १६ पुस । शितलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो बनेपछि सवारी आवागमनमा समस्या देखिएको छ।

    images
    images

    सडक विभागको आयोजना निर्देशनालयका अनुसार विगत केही दिनदेखि आकस्मिक रूपमा परेको शितलहरका कारण निर्माणाधीन सडक खण्डमा यातायात सञ्चालनमा कठिनाइ भएको हो। दाउन्ने क्षेत्रमा केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भइरहेको र एकतर्फी सडक सञ्चालन हुँदै आएकाले सवारी साधन चलाउन थप समस्या हुने सम्भावना रहेको आयोजनाले जनाएको छ।

    आयोजनाले मौसममा सुधार नआएसम्म यस सडक खण्ड हुँदै यात्रा गर्नु अघि सडकको अवस्था बारे सही तथा अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरेको छ।

    images
    images

    यदि सो सडक खण्डमा यातायात पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएमा निम्न वैकल्पिक मार्ग प्रयोग गर्न सकिने आयोजनाले स्पष्ट पारेको छः

    पूर्व–पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनहरू नारायणघाट–मुग्लिन–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन्।

    गैंडाकोटको कालीगण्डकी चोकबाट रामपुर–पिपलडाँडा हुँदै वैकल्पिक यात्रा गर्न सकिनेछ।

    काठमाडौँबाट बर्दघाट पश्चिमतर्फ जाने तथा बुटवल–काठमाडौँ आवतजावत गर्ने सवारी साधनहरू काठमाडौँ–मुग्लिन–पोखरा हुँदै यात्रा गर्न सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend