बाँकेस्थित नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो पाँच महिनामा रु ७ अर्ब ६५ करोड १९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। तर कुनै पनि महिनामा निर्धारित मासिक लक्ष्य पूरा हुन सकेको छैन।
यस अवधिमा नेपालगन्ज नाका हुँदै रु ३० अर्ब ६६ करोडभन्दा बढीको मालसामान आयात भएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा वृद्धि हो। निर्यात पनि बढ्दै रु १ अर्ब १ करोडभन्दा माथि पुगेको छ।
पाँच महिनामा कुल कारोबार रु ३१ अर्ब ६८ करोड नाघेको भन्सार कार्यालयले जनाएको छ। यद्यपि आयात धेरै र निर्यात कम हुँदा व्यापार घाटा करिब ९६.
६८ प्रतिशतमै रहेको छ।




.gif)





