images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • पठाओ दसैं महोत्सव २०८१’ घोषणा, राइडरहरूका...

पठाओ दसैं महोत्सव २०८१’ घोषणा, राइडरहरूका लागि छुटैछुट

पठाओ दसैं महोत्सव २०८१’ घोषणा, राइडरहरूका लागि छुटैछुट

images
images
बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • काठमाडौं। राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले ‘पठाओ दसैं महोत्सव २०८१’ सुरू गरेको छ ।

    images
    images

    महोत्सव असोज १७ गतेसम्म चल्ने भएको छ । महोत्सवमा पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोहरूले अधिक कमाई गर्न सक्ने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार दसैं महोत्सव काठमाडौं उपत्यकामा मात्रै सञ्चालनमाा ल्याइएको हो ।

    images
    images

    ‘पठाओले राइड सेयरिङ सुविधा अहिले नेपालभर दिएको भए पनि यो महोत्सव काठमाडौं उपत्यकाका लागि मात्र रहेको बताइएको छ ।

    साथै दैनिक १ प्रतिशत कमिसन अफर पनि भएकाले यो महोत्सव चालकहरूका लागि थप कमाई गर्ने राम्रो अवसर भएको पठाओ नेपालकी मार्केटिङ डाइरेक्टर सुरक्षा हमालको भनाइ रहेको छ ।

    उनका अनुसार दैनिक १ प्रतिशत कमिसन अफरमा चालकहरूले दैनिक राइड लिँदै जाँदा अफिसलाई तिर्नुपर्ने कमिसन घट्दै जाने र दैनिक १ प्रतिशतसम्म पुग्नेछ ।

    धेरै राइड वा डेलिभरी गर्नेमध्येबाट लक्की ड्रबाट तीनजना विजेता छनोट गरिने हमालले बताइन्। विजेताले होण्डा साइन १२५ सिसी मोटरसाइकल बम्पर उपहार पाउनेछन् ।बम्पर उपहारको लक्की ड्रमा पर्नका लागि २१ दिनभित्र सबै राइडर, क्याप्टेन, पठाओ हिरो तथा पार्सल हिरोहरूले १७० भन्दा धेरै राइड या डेलिभरी, ७० प्रतिशत सिआर (कम्प्लेसन रेट)वा एसआर (सक्सेस रेट)पूरा गर्नुपर्नेछ ।

    हालका लागि पठाओ राइडर बन्न इच्छुकहरूका लागि नि:शुल्क दर्ताको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend