images

२०८३ आश्विन १९ गते

images
images
images

स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि दरबन्दी स्वीकृत

स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि दरबन्दी स्वीकृत

images
images
शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशनले स्वास्थ्य सेवा विस्तार र संगठनात्मक सुधारसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ ।शुक्रबार सम्पन्न अधिवेशनमा महानगर प्रमुख बालेन शाहले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत भएको घोषणा गरेका हुन् ।नगरसभाले ४३ औँ नगर कार्यपालिकाबाट स्वीकृत स्वास्थ्य बीमा लागू भएका १० ओटा स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हुन् ।

    images
    images

    यसअनुसार स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूमा विभिन्न पदका लागि ३० जना तथा सफ्टवेयर विकास तथा सञ्चालनका लागि थप २० जना करार कर्मचारीको दरबन्दी स्वीकृत गरिएको छ । प्रस्तावलाई ध्वनि मतका आधारमा पारित गरिएको हो ।‘आजको बैठकको कार्यसूची क्रमसंख्या ६ मा रहेको ४३औँ कार्यपालिकाबाट स्वीकृत भएका स्वास्थ्य बीमा लागू भएका १० ओटा स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि विभिन्न पदका लागि ३० जना सफ्टवेयर विकास तथा सञ्चालनको लागि विभिन्न २० जना करार दरबन्दी अनुमोदन गर्ने प्रस्ताव स्वीकृत गर्ने निर्णयको लागि पेस गर्दछु,’ महानगर प्रमुख बालेनले भने, ‘हुन्छ भन्ने ध्वनि मतको आधारमा ४३औँ कार्यपालिकाबाट स्वीकृत भएको करार दरबन्दी अनुमोदन गर्ने प्रस्ताव नगरसभा सञ्चालन सम्बन्धि कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम स्वीकृत भएको घोषणा गर्दछु ।’

    नगरसभाले महानगरपालिकाको संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्ने कार्यलाई अघि बढाउन नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।बागमती प्रदेश सरकारबाट जारी स्थानीय सेवा ऐनको दफा ५ बमोजिम गठित समितिबाट पेश हुने संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनलाई नगर कार्यपालिकाबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याउने अधिकार प्रदान गरिएको हो ।नगरसभाबाट पारित यी निर्णयहरूले महानगरको स्वास्थ्य सेवा सुदृढीकरणसँगै प्रशासनिक संरचना थप व्यवस्थित हुने विश्वास लिइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend