images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १९...

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १९ अर्ब नजिक, कुन कम्पनीको व्यवसाय कति ?

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १९ अर्ब नजिक, कुन कम्पनीको व्यवसाय कति ?

images
images
शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय करिब साढे १९ अर्ब नजिक पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनासम्मको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ पुगेको हो । मंसिर मसान्तसम्मको प्राधिकरणको तथ्यांक अनुसार यस अवधिसम्ममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यस अवधिसम्ममा कम्पनीले २ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै धेरै व्यवसाय गर्नेको दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले मंसिर महिनासम्मको अवधिसम्ममा २ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

    images
    images

    तेस्रोमा हिमालयन एभरेष्ट रहेको छ । कम्पनीले यस अवधिमा २ अर्बको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । चौथौमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क आजर्थन गर्न सफल भएको छ । त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क र ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क गर्न सफल भएका छन् ।

    त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । 

    images
    images

    694e4904ee1d6.png

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend