काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबिच छलफल भएकाे छ । बिहीबार ललितपुरस्थित बालेनका सहयोगी कुमार बेन निवासमा वैकल्पिक शक्ति मिल्नुपर्ने भन्दै भट्टराई पुगेका थिए । बाबुरामसँगै उनकी छोरी मानुषी यामी पनि सहभागी छिन् ।
उनीहरूबिच समसामयिक राजनीतिक र आगामी निर्वाचनका विषयमा छलफल भइरहेकाे बुझिएकाे छ ।




.gif)



