images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको...

मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन : स्वास्थ्य कार्यालय

मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन : स्वास्थ्य कार्यालय

images
images
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • सुर्खेत । अहिले सामाजिक सञ्जालमा मुगुको छायानाथ रारा नगरपालिका-१ मा भाइरल इन्फ्लुएन्जाका कारण पाँच जनाको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा पोस्टहरू भाइरल छन् । राजनीतिक दलका दलका नेता-कार्यकर्ताहरूले नै मृत्यु भएका पोस्ट सामाजिक सञ्जालमा राखेका छन् । एमाले केन्द्रीय सदस्य तथा कर्णालीका पूर्व सांसद सुशील थापाले राखेको पोस्टमा भाइरल इन्फ्लुएन्जाका कारण पाँच जनाको मृत्यु भएको दाबी गरेका छन् । तर स्वास्थ्य सेवा कार्यालय मुगुले भने यो निराधार रहेको बताएको छ । बिहीबार स्वास्थ्य सेवा कार्यालयले विज्ञप्ति जारी गर्दै भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै खण्डन गरेको छ ।

    images
    images

    स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले रातोपाटीसँग भने, ‘मौसमी भाइरल ज्वरो तथा इन्फ्लुएन्जाजस्ता रोगका बिरामीहरूको संख्या बढेको सत्य हो, ओपीडीमा आउने करिब ५० प्रतिशत बिरामीहरूमा भाइरल ज्वरो, रुघाखोकी तथा फ्लुका लक्षण देखिएका छन्, जसले विशेषगरी बालबालिका र वृद्धवृद्धालाई बढी असर गरेको छ ।’दम भएका केही बिरामीको अवस्था बिग्रिएको तथा केही बालबालिकामा निमोनिया र अक्सिजन स्याचुरेसन घटेका कारण अस्पताल भर्ना गरिएको छ । तर अहिलेसम्म भाइरल इन्फ्लुएन्जाका कारण कसकैको पनि मृत्यु भएको पुष्टि नभएको नगरकोटीले बताए । दीर्घरोग र अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको घटनालाई भाइरल इन्फ्लुएन्जाले भएको भन्दै भ्रम फैलाइएको उनको भनाइ छ । ‘बिरामीको मृत्यु हुनुमा भाइरल इन्फ्लुएन्जासँग प्रत्यक्ष सम्बन्ध छैन,’ उनले भने ।

    भाइरल इन्फ्लुएन्जाका कारण मृत्यु भएको भनी उल्लेख गरिएको क्षेत्रमा स्वास्थ्य सेवा कार्यालय, मुगुको चिकित्सक टोलीले ३२८ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । त्यस क्रममा केहीमा फ्लु तथा भाइरल ज्वरोका लक्षण देखिएपनि कुनै पनि गम्भीर अवस्था वा अस्पताल भर्ना गर्नुपर्ने स्थिति नदेखिएको अस्पताल प्रमुख नगरकोटीले बताए ।

    images
    images

    अस्पतालमा चाप बढ्दो

    कार्मारोङ गाउँपालिकाको अनुरोधमा स्वास्थ्य सेवा कार्यालय, मुगुको चिकित्सक टोलीले इन्फ्लुएन्जाको जस्तै लक्षण भएका व्यक्तिहरूका लागि विभिन्न वडामा स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ शिविर सञ्चालन गरेको छ । जसअनुसार छायलामा ५२ जना, माङग्रीमा ९० जना, महमा २१० जना र पापुमा ८८ जनाले सेवा लिएका छन् । ती शिविरमा सबै बिरामीहरूको आवश्यक स्वास्थ्य परीक्षण, प्रयोगशाला जाँच तथा औषधि वितरण गरिएको छ । यद्यपि हालसम्म कुनै पनि बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था नदेखिएको अस्पताल प्रमुख नगरकोटीले बताए । स्वास्थ्य सेवा कार्यालय, मुगुले आम नागरिकलाई भ्रामक सूचनाबाट भ्रमित नहुन, स्वास्थ्यसम्बन्धी जानकारीका लागि आधिकारिक स्रोतहरूलाई प्राथमिकता दिन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend