images

२०८३ आश्विन १९ गते

images
images
images

युरिक एसिड बढ्दा देखिने लक्षण र नियन्त्रणका उपाय

युरिक एसिड बढ्दा देखिने लक्षण र नियन्त्रणका उपाय

images
images
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • काठमाडौँ । शरीरमा प्युरिनयुक्त खानेकुराको पाचन प्रक्रियापछि उत्पन्न हुने फोहोर उत्पादन नै युरिक एसिड हो। सामान्य अवस्थामा मिर्गौलाले यसलाई छानेर पिसाबमार्फत बाहिर निकाल्छ। तर, जब शरीरमा यसको मात्रा अत्यधिक बढ्छ, मिर्गौलाले फिल्टर गर्न सक्दैन र यो क्रिस्टलका रूपमा जोर्नीरूमा जम्मा हुन थाल्छ। यसले गर्दा शरीरमा विभिन्न स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन्।

    images
    images

    युरिक एसिड बढेको कसरी थाहा पाउने?

    युरिक एसिडको स्तर बढ्दा शरीरमा स्पष्ट लक्षणहरू देखिन थाल्छन्। 

    images
    images
     
    • विशेष गरी जोर्नीहरूमा युरिक एसिड क्रिस्टल जम्मा हुनाले घुँडा, हातका औँला र खुट्टाका औँलाहरू सुन्निने र अत्यधिक दुख्ने गर्छ। 
    • यसले गर्दा जोर्नीहरूमा जलन हुने र छाला संवेदनशील भई छुँदा समेत दुखाइ महसुस हुन्छ। कतिपय अवस्थामा छालामुनि साना र पीडारहित गाँठाहरू बन्न सक्छन्। 
    • युरिक एसिडकै कारण मिर्गौलामा पत्थरी हुने र पिसाब फेर्न गाह्रो हुने समस्या समेत निम्तिन सक्छ। 
    • खुट्टाको बुढी औँलाको हड्डी बाहिर निस्कने यसको प्रमुख लक्षण हो।

    युरिक एसिड बढ्नुका मुख्य कारणहरू

    • खराब खानपान र जीवनशैली युरिक एसिड बढ्नुको मुख्य जिम्मेवार मानिन्छ। सोडा, रातो मासु र सार्डिन माछा जस्ता प्युरिनयुक्त खानेकुराको बढी सेवनले यसको स्तर बढाउँछ। 
    • त्यस्तै, मोटोपन, अत्यधिक रक्सी सेवन, शरीरमा पानीको कमी र शारीरिक रूपमा निष्क्रिय जीवनशैलीले पनि यो समस्या निम्त्याउँछ। 
    • केही व्यक्तिमा आनुवंशिक कारणले त कसैलाई मधुमेह, उच्च रक्तचाप वा मिर्गौलाको समस्याका कारण युरिक एसिड बढ्ने गर्छ।

    नियन्त्रणका घरेलु उपाय र खानपान

    • युरिक एसिडलाई नियन्त्रण गर्न सबैभन्दा पहिले प्रशस्त पानी पिउनु आवश्यक छ, जसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। 
    • खानपानमा सुधार गर्दै चिनीयुक्त पेय पदार्थ, प्रशोधित खाना र प्युरिनयुक्त वस्तुहरू हटाउनुपर्छ। 
    • बिहान खाली पेटमा मनतातो कागती पानी पिउनाले युरिक एसिड कम गर्न प्रभावकारी भूमिका खेल्छ।
    • त्यसैगरी, तुलसीको हर्बल चिया, ओट्स, ब्राउन राइस, गाजर, स्याउ र अम्बा जस्ता उच्च फाइबरयुक्त खानेकुराहरू आहारमा समावेश गर्नुपर्छ। 
    • एन्टि-इन्फ्लेमेटरी गुण भएका चेरी र बेरीले जोर्नीको इन्फ्लेमेसन कम गर्न मद्दत गर्छन्। 
    • यसका साथै अजवाइनको पानी सेवन गर्नु पनि युरिक एसिडका बिरामीका लागि निकै फाइदाजनक मानिन्छ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend