images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • सागर ग्रुपद्वारा काठमाडौंमा ‘सागर फेलोशिप डिनर’...

सागर ग्रुपद्वारा काठमाडौंमा ‘सागर फेलोशिप डिनर’ सम्पन्न

सागर ग्रुपद्वारा काठमाडौंमा ‘सागर फेलोशिप डिनर’ सम्पन्न

images
images
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • काठमाडौं।  सागर ग्रुपको आयोजनामा ‘सागर फेलोशिप डिनर’ कार्यक्रम २०२५ डिसेम्बर २२ मा काठमाडौंको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्ट्समा सम्पन्न भएको छ। व्यवसायिक साझेदारी सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा आइसीआर तथा ओसीआर साझेदार, कर्पोरेट क्लाइन्ट र उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा एक्स–ल्याब र इन्नेक्स ब्रान्डअन्तर्गतका हेल्थ एण्ड वेलनेस, इन्टरएक्टिभ बोर्ड, एआई कन्फ्रेन्स क्यामेरा, वायरलेस कन्फ्रेन्सिङ सिस्टम, पीओएस समाधान तथा प्रिन्टर कन्ज्युमेबल्सको प्रत्यक्ष प्रदर्शन गरिएको थियो। 

    images
    images

    सहभागीहरूले सागर ग्रुपको टोलीसँग प्रत्यक्ष संवाद गर्दै उत्पादनको प्रयोग र व्यावसायिक सम्भावनाबारे जानकारी प्राप्त गरे।साँझ ६ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा नेटवर्किङ डिनरसमेत आयोजना गरिएको थियो। सागर फेलोशिप डिनरले ब्रान्ड प्रवर्द्धन, साझेदार सम्बन्ध सुदृढीकरण र प्रविधियुक्त समाधानप्रति बजार सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend