images

२०८३ आश्विन १८ गते

images
images
images

बाघका लागि उपयुक्त बासस्थान बन्दैछ शुक्लाफाँटा

बाघका लागि उपयुक्त बासस्थान बन्दैछ शुक्लाफाँटा

images
images
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • धनगढी । सुदूरपश्चिमको कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रफलका हिसाबले सानो भए पनि बाघका लागि अनुकूल क्षेत्र बनेको छ । पछिल्ला वर्ष बाघको संख्या बढेको अनुमान गरिएको यो निकुञ्जमा यकिन संख्या पत्ता लगाउन बाघ गणनाको तयारी भइरहेको छ ।नेपाल सरकारले बाघको संख्या अद्यावधिक गर्न देशका विभिन्न निकुञ्जलाई तीन वटा क्लस्टर (समूह)मा विभाजन गरी गणना कार्य अघि बढाएको छ । शुक्लाफाँटा तेस्रो क्लस्टरमा पर्छ । अहिले चितवन–पर्सा, बाँके– बर्दियाका जङ्गलमा बाघ गणनाको काम धमाधम भइरहेको छ । त्यहाँको काम सकिएपछि मात्र प्राविधिक टोली शुक्लाफाँटा आइपुग्नेछ ।

    images
    images

    राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशीका अनुसार अन्य निकुञ्जमा गणना सकिएपछि शुक्लाफाँटाको पालो आउने भएकाले अबको करिब दुई महिनाभित्र शुक्लाफाँटामा पनि बाघ गन्न सुरु गरिनेछ ।‘हामी प्राविधिक रूपमा तयार छौँ । उताको टोली आउनासाथ क्यामेरा ट्रयापिङको काम सुरु हुन्छ,’ जोशीले भने ।सन् २०२२ मा गरिएको राष्ट्रिय गणनाले शुक्लाफाँटामा ३६ वटा बाघ रहेको देखाएको थियो । निकुञ्जको आन्तरिक अनुगमनले भने त्यो संख्या अझ बढेको सङ्केत गरेको छ । निकुञ्ज कार्यालयको पछिल्लो आन्तरिक रिपोर्ट अनुसार अहिले यहाँ बाघको संख्या ४३ पुगेको अनुमान छ ।गत वर्षको अनुगमनमा ४४ वटा बाघ क्यामेरामा कैद भएका थिए, तर यस वर्ष एउटा बाघ कम देखिएको छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार कहिलेकाहीँ बाघ क्यामेरामा नपर्न पनि सक्छ वा प्राकृतिक कारणले मृत्यु भएको पनि हुन सक्छ । यस वर्ष दुई वटा बाघ प्राकृतिक रूपमै मरेका पनि छन् ।

    ‘३०५ वर्ग किलोमिटरको सानो क्षेत्रफलमा ४३ वटा बाघ हुनु आफैँमा ठुलो उपलब्धि हो,’ उनले भने ।वाग्लेका अनुसार पर्याप्त आहारा भएका कारण सानो क्षेत्रफलमा पनि यति धेरै बाघ अटाएका हुन सक्छन् ।  शुक्लाफाँटामा बाघले खान मन पराउने मृग प्रजातिका जनावरको बाहुल्यता छ । तथ्याङ्क अनुसार यहाँ प्रतिवर्गकिलोमिटर १४६ वटा आहारा प्रजाति छन्, जुन नेपालकै सबैभन्दा धेरै हो ।बाघले हप्तामा एक पटक सिकार गर्छ । उसलाई करिब ५० केजी मासु चाहिन्छ । शुक्लाफाँटामा जरायो, बाह्रसिङ्गा, चित्तल, रतुवा र लगुना जस्ता जनावर प्रशस्त पाइन्छन् । आहाराको यही सहज उपलब्धताले गर्दा बाघहरू मानव बस्तीतिर नपसी निकुञ्जकै सुरक्षित घेराभित्र रमाउने गरेका छन् ।आहारा र बासस्थानको राम्रो तालमेल मिलेकै कारण यहाँ बाघ व्यवस्थापनमा खासै समस्या नदेखिएको वाग्लेले बताए ।

    images
    images

    वन्यजन्तु विज्ञहरूका अनुसार एउटा भाले बाघलाई आफ्नो प्रभुत्व जमाउन ५० देखि ६० वर्ग किलोमिटर क्षेत्र चाहिन्छ भने पोथी बाघलाई २० देखि ३० वर्ग किलोमिटर । शुक्लाफाँटाको सीमित भूगोलमा बाघको संख्या बढ्दै जाँदा उनीहरूबिच आफ्नो क्षेत्रका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक हो । घना जङ्गल र पर्याप्त पानीका स्रोतहरूले गर्दा बाघहरू मिलेरै बसेको वाग्लेको भनाइ छ ।यसपटकको गणनामा पनि अत्याधुनिक अटोमेटिक क्यामेरा प्रयोग गरिनेछ । बाघ हिँड्ने बाटो, पानी पिउने ठाउँ र घुमफिर गर्ने क्षेत्रहरूमा क्यामेरा जडान गरेर उनीहरूको हाउभाउ र संख्या कैद गरिनेछ । बाघ गणनाका लागि निकुञ्जका दुई कर्मचारी अहिले चितवनमा तालिम र अनुभव लिइरहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend