images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय दुई महिना...

स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय दुई महिना भित्र पूर्ण कार्यान्वयनमा क्यान्सर उपचार सेवा ।

स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय दुई महिना भित्र पूर्ण कार्यान्वयनमा क्यान्सर उपचार सेवा ।

images
images
मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • काठमाडौंः देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार भएको छ। 

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भए लगत्तै गत असार ३१ मा गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिना भित्र पूर्ण कार्यान्वयनमा आएको हो। पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए।
     
    सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पताल मार्फत क्यान्सर उपचार सेवा विस्तार गरिएपछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो। 


    उनले यसअघि बागमती प्रदेश अन्तर्गत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगन्जमा रहेको क्यान्सर उपचार सेवा दुई महिनाको अवधिमा थप पाँच प्रदेशमा पुगेको हो।
     
    भक्तपुर क्यान्सर अस्पताल मार्फत कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरतपुर मार्फत गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सर सम्बन्धी परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने गरी सम्झौता भएको छ। 

    images
    images


    मन्त्री पौडेलले गत साउन २७ मा सार्वजनिक गरेको आफ्नो योजना तथा प्राथमिकतामा समेत क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख गरेका थिए। 

    आफूले गरेको पहिलो घोषणा पूर्णरुपमा कार्यान्वयनमा आएको जानकारी दिँदै मन्त्री पौडेलले अबको चरणमा मानव अंग प्रत्यारोपण तथा मुटुको उपचारका सेवा समेत विस्तार गर्न सकिने बताएका छन्। 

    उनले भने, ‘क्यान्सर सँगै मानव अंग प्रत्यारोपण र मुटु उपचार सेवा समेत विस्तार गर्ने नीति लिएका छौं।’

    संघीय क्यान्सर अस्पतालको सेवा नै विस्तारित अस्पतालबाट पाउने भएकाले खर्च र समय दुवै बचत हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ। 

    अब सेवा विस्तार भएका अस्पतालको सेवा र गुणस्तरमा समेत थप सहायता पाउनेछन्। स्याटेलाइट क्लिनिक तथा आफ्ना दक्ष जनशक्ति समेत पठाएर विस्तारित अस्पताल मार्फत सेवा दिइने भएकाले यो प्रभावकारी हुने सचिवालयले जनाएको छ।
     
    यस अघि संघ मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका छन्।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend